विप्लव समूहलाई लक्षित गरी सरकारले गर्यो थप यस्तो निर्णय, दियो ३५ दिने अल्टिमेटम


नेपाल पाना प्रकाशित: २०७५-११-३० गते
विप्लव समूहलाई लक्षित गरी सरकारले गर्यो थप यस्तो निर्णय, दियो ३५ दिने अल्टिमेटम

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पोर्टी (नेकपा) लाई लाक्षित गर्दै एकपछि अर्को निर्णय गर्दै गएको छ। सरकारले विप्लव समूहका कार्यकर्तालाई टार्गेट गरी सर्वसाधारणसँग भएका अवैध हतियार बुझाउन आह्वान गरेको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अवैध हतियार बुझाउन निर्णय गरेपछि विहीबार आह्वान गरेको हो । बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सम्पूर्ण किसिमका अवैध हतियार बुझाउन आह्वान गर्ने निर्णय भएको बताए ।

उनका अनुसार स्वचालित हतियार, भरुवा बन्दुक, कटुवा पेस्तोलसहित अन्य विष्फोटक पदार्थ नजिकैको प्रहरी, सेना वा सशस्त्र प्रहरी कार्यालयमा बुझाउन भनिएको छ ।

सोही बैठकले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहमाथि पनि प्रतिबन्ध लगाउने घोषणा पनि गरेको छ । समूहका सदस्यहरुका साथबाट अवैध हतियार बरामद हुने क्रम तीब्र भएपछि सरकारको यो निर्णय सार्वजनिक भएको हो । सरकारले विप्लव समूहमाथि एकपछि अर्को निर्णय गर्दै निगरानी बढाएपछि कार्यकर्ताहरु झनै उग्र भएका छन्।







काठमाडौं राजधानीमा पत्रकारमाथि दिन–दहाडै आक्रमण
काठमाडौं राजधानीमा पत्रकारमाथि दिन–दहाडै आक्रमण

काठमाडौं । राजधानीमा समाचार संकलन गर्ने क्रममा सल्लेरी खबरका समाचार सम्पादक दिनेश बस्नेत माथी दिन–दहाडै साङ्घातिक आक्रमण भएको छ । पत्रकारलाई शैलेस श्रेष्ठ सहित श्रेष्..

प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार
प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार

काठमाडौं । बिहीबार विनियोजन विधयेकमाथि संसदमा जारी छलफलमा भाग लिँदै नेपाली काँग्रेस उपसभापति विजयकुमार गच्छदारले प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । ..

काठमाडौं राजधानीमा बस दुर्घटना, यस्ताे छ अवस्था
काठमाडौं राजधानीमा बस दुर्घटना, यस्ताे छ अवस्था

काठमाडौं । गोकर्णमा यात्रुबाहक बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बा १ ख ८७४४ नम्बरको बस गोकर्णको इटिचोकमा अनियन्त्रित भइ पल्टँदा दुर्घटना भएको प्र..

प्रहरीसँगको भिडन्तमा विप्लवका जिल्ला इञ्चार्ज मारिए
प्रहरीसँगको भिडन्तमा विप्लवका जिल्ला इञ्चार्ज मारिए

सर्लाही । लालबन्दीमा प्रहरी र विप्लवका कार्यकर्ताबीच भिडन्त भएको छ । प्रहरीसँगको भिडन्तमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएका छन्..