लागुऔषधसहित चारजना परे प्रहरीकाे फन्दामा


नेपाल पाना प्रकाशित: २०७५-११-३० गते
लागुऔषधसहित चारजना परे प्रहरीकाे फन्दामा

सर्लाही  । भारतमा लागूऔषधको रुपमा प्रयोग हुने प्रतिबन्धित औषधी भित्र्याईरहेको अवस्थामा प्रहरी चौकी त्रिभुवननगरको टोलीले २ जनालाई पक्राउ गरेको छ। भारतीय सीमा क्षेत्र स्थित ब्रहम्पुरीबाट पक्राउ पर्नेमा एक भारतीय सहित दुईजना रहेका छन्।

भारतको सितामढी जिल्ला स्थित सोनवर्षाका २७ वर्षीय संजय पासवान र सर्लाही चन्द्रनगर गाउँपालिका–७ का गोविन्द पासवानलाई लागूऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। साईकलमा आईरहेका उनीहरुको साथबाट ४० पत्ता नाईट्रोभेट ट्याब्लेट र १ बोतल डाइलेक्स डि.सी बरामद गरिएको प्रहरीले जनायो। प्रहरीका अनुसार ब्रहम्पुरी गाउँपालिका–४ झिमपुलमा शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध बरामद भएको हो।

त्यस्तै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लखन्देही पूल नजिकै १० किलो गाँजा ओसारपसार गरिरहेको अवस्थामा विहिबार बिहान २ जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ। पश्चिमबाट पूर्वतर्फ आईरहेको ग. ६ प ८६४६ नम्बरको मोटरसाईकलमा गाँजा राखेर आईरहेको अवस्थामा लालवन्दी नगरपालिका–१ निवासी २१ वर्षीय मोहम्मद नजाउद्दीन र हरिवन नगरपालिका–१ निवासी २२ वर्षीय जितेन्द्र राउत पक्राउ परेका हुन्।

प्लाष्टिकले वरिपरि बेरेर सुरक्षीत ढंगले प्याक गरिएको ५/५ किलोको गाँजाको पोका सहित उनीहरुलाई पक्राउ गरिएको हो।







दुर्घटनामा घाईते भएका नगरप्रवक्ता भट्टको मृत्यु
दुर्घटनामा घाईते भएका नगरप्रवक्ता भट्टको मृत्यु

बैतडी । पुर्चौडी नगरपालिकाका नगरप्रवक्ता गौतमप्रसाद भट्टको आज बिहान मृत्यु भएको छ । पुर्चौडी नगरपालिका(४ का वडाध्यक्षसमेत रहेका भट्टको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको..

किशोरी सुतिरहेको ठाउँमा पुगि बलात्कारको प्रयास गरेपछि...
किशोरी सुतिरहेको ठाउँमा पुगि बलात्कारको प्रयास गरेपछि...

मकवानपुर । भीमफेदी गाउँपालिका–४ की एक किशोरीलाई बलात्कार गर्न खोज्ने सोही वडाका एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरी अनुसन्धान पक्रिया अगाडि बढाएको छ । पीडित परिव..

नारायणी पुलमा झोला छाडेर हामफालिन् विमला 
नारायणी पुलमा झोला छाडेर हामफालिन् विमला 

चितवन । भरतपुर महानगरपालिका–२१ पार्वतीपुर बस्ने ३३ वर्षीया विमला कुमाल आज बिहान १०ः३० बजे नारायणी नदीको पुलबाट हाम फालेर बेपत्ता भएकी छिन् । पुलमा हिँडिरहेकी उनी नदीम..

सुनकोशी नदीमा डुबेका दुई विद्यार्थी अझै भेटिएनन्
सुनकोशी नदीमा डुबेका दुई विद्यार्थी अझै भेटिएनन्

उदयपुर । उदयपुर र खोटाङ सिमाना भएर बग्ने सुनकोशी नदीमा माछा मार्ने क्रममा बुधबार डुबेका दुई विद्यार्थी अझै भेटिएका छैनन् । लिम्चुङबुङ गाउँपालिका १ बाँसबोटेका बुत्कु माध्यमि..