झापामा नेकपा एकता प्रक्रिया टुङ्गो


नेपाल पाना प्रकाशित: २०७५-११-३० गते
झापामा नेकपा एकता प्रक्रिया टुङ्गो

बनियानी । नेपाल कम्युनिष्ट पार्टी झापाको एकता प्रक्रिया टुङ्गिएको छ । आज नेकपा जिल्ला पार्टी कार्यालयमा बसेको कार्यदलको बैठकले झापाका १५ वटा स्थानीय तहमध्ये छ वटामा पूर्वमाओवादी केन्द्र र नौ वटा स्थानीय तहमा पूर्वएमालेले नेतृत्व गर्ने निर्णय गरेसँगै एकता प्रक्रिया टुङ्गिएको नेकपा नेता मणिकुमार साम्पाङ (विजय)ले जानकारी दिए। 

उनका अनुसार भद्रपुर, मेचीनगर, शिवसताक्षी नगरपालिका र हल्दीबारी, गौरीगञ्ज तथा झापा गाउँपालिकामा पूर्वमाओवादीले नेतृत्व गर्नेछ । त्यस्तै विर्तामोड, कनकाइ, दमक, गौरादह, अर्जुनधारा नगरपालिका, बुद्धशान्ति, कचनवकल, बाह्रदशी र कमल गाउँपालिकामा पूर्वएमालेले नेतृत्व गर्ने सहमति भएको उनले बताए। 

“अब तीन दिनभित्रमा नेतृत्वको नाम छनोट हुनेछ”, उनले भने, “त्यसपछि एकता प्रक्रियताले पूर्णता पाउँछ ।” झापाका १३१ वटा वडामध्ये ५३ वटा वडामा पूर्वमाओवादीले नेतृत्व गर्ने जनाइएको छ । बाँकी ७८ वटा वडामा पूर्वएमालेले नेतृत्व गर्ने निर्णय भएको छ । 

पार्टीको जिल्ला अध्यक्ष पूर्वएमालेले र सचिव पूर्वमाओवादीले लिने यसअघि नै सहमति भइसकेको छ भने इञ्चार्ज र सह–इञ्चार्ज केन्द्रीय तहबाटै टुङ्गो लाग्ने नेता साम्पाङले बताए। अब बन्ने नेकपा झापाको १७५ सदस्यीय जिल्ला कमिटीमा पूर्वमाओवादीको भागमा ७० र पूर्वएमालेको भागमा १०५ सदस्य रहने छन् । 







प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार
प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार

काठमाडौं । बिहीबार विनियोजन विधयेकमाथि संसदमा जारी छलफलमा भाग लिँदै नेपाली काँग्रेस उपसभापति विजयकुमार गच्छदारले प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । ..

‘मन्त्रिमण्डल पुनर्गगठन बारे प्रधानमन्त्रीसँग छलफल भएको छ’
‘मन्त्रिमण्डल पुनर्गगठन बारे प्रधानमन्त्रीसँग छलफल भएको छ’

पोखरा । नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिमण्डल पुनर्गठनको बारेमा प्रधानमन्त्री र आफूबीच छलफल भएको बताएका छन् । पोखरामा बिहीबार बिहान पत्रकारहरूसँग कुराका..

पूर्वाधारको नाममा शक्तिशाली पोसेको छ: कांग्रेसका सांसद गौतम
पूर्वाधारको नाममा शक्तिशाली पोसेको छ: कांग्रेसका सांसद गौतम

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री संजयकुमार गौतमले पूर्वाधारको नाममा शक्तिशाली पोस्ने गरी बजेट आएको आरोप लगाएका छन् । ‘देशभर सयौं सडकमा करोडका दरले बजेट क..

राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..