कैलाली र बर्दियाबीचकाे सीमा विवाद रावलले यस्ताे बाेले


नेपाल पाना प्रकाशित: २०७५-११-३० गते
कैलाली र बर्दियाबीचकाे सीमा विवाद रावलले यस्ताे बाेले

भजनी । सुदूरपश्चिम प्रदेश र प्रदेश नं ५ जोड्ने कैलालीको टीकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिका कोशीमा नाम विवाद देखिएको छ । टीकापुर नगरपालिका र राजापुर नगरपालिकाको सिमानालाई कर्णाली नदीले छुट्याएको भएता पनि वर्षेनी नदीले आफ्नो बाहब परिवर्तन गर्ने भएकाले सिमाना कसको कहाँसम्म हो भन्ने कुरा यकिन हुन नसक्दा विवाद देखिएको हो । 

टीकापुर नगरपालिका–८ र राजापुर नगरपालिका–१ को सत्ती क्षेत्रमा सीमा विवाद उत्कर्षमा पुग्न थालेको छ । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले सीमा विवादको समस्या विगतदेखिकै भएको बताए । “पहिला सबै ठेक्का जिल्लाबाट हुन्थ्यो, अहिले स्थानीय तहबाट हुने भएकाले सिमाना खोज्न थालिएको हो”, प्रमुख रावलले भने, “काम गर्दा पहिला नदीको धारलाई आधार मानेर पनि काम हुन्थ्यो । तर, नदीको धार वर्षेनी परिवर्तन भइरहँदा पनि विवाद देखिएको हो ।” 

प्रमुख रावलले कर्णाली नदी पारी टीकापुर नगरपालिका–८ श्रीलङ्कालाई पनि बर्दियाले आफ्नो भनिरहेकाले विवाद झनै बढ्ने भन्दै यो विवाद समाधानका लागि जिल्ला समन्वय समिति गम्भीर बन्नुपर्ने बताए। उनेले यसमा प्रदेशको सिमानासमेत जोडिएकाले दुवै प्रदेश गम्भीर भई समस्या समाधान गर्नुपर्ने बताउँदै आफ्नो भू–भागमा कसैले हस्तक्षेप गरे त्यो सह्य नहुने बताए । 
 







दुर्घटनामा घाईते भएका नगरप्रवक्ता भट्टको मृत्यु
दुर्घटनामा घाईते भएका नगरप्रवक्ता भट्टको मृत्यु

बैतडी । पुर्चौडी नगरपालिकाका नगरप्रवक्ता गौतमप्रसाद भट्टको आज बिहान मृत्यु भएको छ । पुर्चौडी नगरपालिका(४ का वडाध्यक्षसमेत रहेका भट्टको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको..

किशोरी सुतिरहेको ठाउँमा पुगि बलात्कारको प्रयास गरेपछि...
किशोरी सुतिरहेको ठाउँमा पुगि बलात्कारको प्रयास गरेपछि...

मकवानपुर । भीमफेदी गाउँपालिका–४ की एक किशोरीलाई बलात्कार गर्न खोज्ने सोही वडाका एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरी अनुसन्धान पक्रिया अगाडि बढाएको छ । पीडित परिव..

नारायणी पुलमा झोला छाडेर हामफालिन् विमला 
नारायणी पुलमा झोला छाडेर हामफालिन् विमला 

चितवन । भरतपुर महानगरपालिका–२१ पार्वतीपुर बस्ने ३३ वर्षीया विमला कुमाल आज बिहान १०ः३० बजे नारायणी नदीको पुलबाट हाम फालेर बेपत्ता भएकी छिन् । पुलमा हिँडिरहेकी उनी नदीम..

सुनकोशी नदीमा डुबेका दुई विद्यार्थी अझै भेटिएनन्
सुनकोशी नदीमा डुबेका दुई विद्यार्थी अझै भेटिएनन्

उदयपुर । उदयपुर र खोटाङ सिमाना भएर बग्ने सुनकोशी नदीमा माछा मार्ने क्रममा बुधबार डुबेका दुई विद्यार्थी अझै भेटिएका छैनन् । लिम्चुङबुङ गाउँपालिका १ बाँसबोटेका बुत्कु माध्यमि..