अन्तत:अाेली प्रचण्डलार्इ टार्गेट गरी विप्लव माअाेवादीले निकाल्याे विज्ञप्ति, 'याे हाम्राे नैर्सिग अधिकार हाे'


नेपाल पाना प्रकाशित: २०७५-११-३० गते
अन्तत:अाेली प्रचण्डलार्इ टार्गेट गरी विप्लव माअाेवादीले निकाल्याे विज्ञप्ति, 'याे हाम्राे नैर्सिग अधिकार हाे'

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारको पछिल्लो निर्णयप्रति असन्तुष्टि जनाउँदै सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रधानमन्त्री केपी अाेली र अर्का अध्यक्ष प्रचण्डलार्इ टार्गेट गरी प्रेस विज्ञप्ति निकालेको छ।  सरकारको प्रतिबन्धपछि विज्ञप्ति जारी गर्दै विप्लव समूहले चन्दा उठाउनुलाई आफ्नो नैसर्गिक अधिकार भएको दाबी गरेको छ।

जारी विज्ञप्तिमा भनिएको छ,'क्रान्तिको लागि चन्दा उठाउँन पाउँनु पर्छ।' पछिल्लो समयमा देशभर विप्लव समूहले तोडफोड र आगजनी गरेपछि सरकार विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णयमा पुगेको हो। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले हिंसा र चन्दा आतंक बढाएको तर्क गर्दै विप्लव नेतृत्वको समूहमाथि  प्रतिबन्धको निर्णय गरेको थियो। तर, विप्लव समूहले राष्ट्र र जनताका लागि लडेकाले चन्दा उठाउनुलाई आफ्नो नैसर्गिक अधिकार भएको प्रतिक्रिया जारी विज्ञप्तिमा दिएको छ।

सरकारले आफ्नो संगठनप्रति भ्रम सिर्जना गराएको भन्दै उसले दिग्भ्रमित नहुन र सहयोगलाई निरन्तरता दिन पनि सबैलाई अपिल गरेको छ।

पार्टीका नेता कार्यकर्ता र गतिविधीमाथि सरकारले युद्धकालीन शैलीमा व्यवहार गरेपछि विप्लवले बुधबार राती नै विज्ञप्ति निकालेका हुन् । सो विज्ञप्तिमा उनले 'प्रतिगामी संविधान' अस्वीकार गरेदेखि नै आफ्नो पार्टीमाथि प्रतिबन्ध लागिसकेको, एमाले, कांग्रेस र भारतसँग प्रचण्डहरुले टाउको लतारेर कम्युनिष्टप्रति गद्दारी गरेको, चुनाव वहिष्कारका क्रममा तीनजना साथीहरुको हत्या भएको, कपिलवस्तुको शिवगढी अञ्चलापुरका युवा दुर्गा रोकालाई जंगलमा लगेर गोली हानिएको तथा रोल्पासहितका जिल्लामा प्रहरी अपरेशन चलाइरहेकाले प्रतिबन्धको घोषणा गरिनु आफ्ना लागि कुनै ठुलो र नौलो कुरा नरहेको उल्लेख गरेका छन् ।

सरकारले दमन गरेमा त्यसको कडा प्रतिरोध गर्ने पनि विप्लवको विज्ञप्तिमा उल्लेख छ । 

 

 







प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार
प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार

काठमाडौं । बिहीबार विनियोजन विधयेकमाथि संसदमा जारी छलफलमा भाग लिँदै नेपाली काँग्रेस उपसभापति विजयकुमार गच्छदारले प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । ..

‘मन्त्रिमण्डल पुनर्गगठन बारे प्रधानमन्त्रीसँग छलफल भएको छ’
‘मन्त्रिमण्डल पुनर्गगठन बारे प्रधानमन्त्रीसँग छलफल भएको छ’

पोखरा । नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिमण्डल पुनर्गठनको बारेमा प्रधानमन्त्री र आफूबीच छलफल भएको बताएका छन् । पोखरामा बिहीबार बिहान पत्रकारहरूसँग कुराका..

पूर्वाधारको नाममा शक्तिशाली पोसेको छ: कांग्रेसका सांसद गौतम
पूर्वाधारको नाममा शक्तिशाली पोसेको छ: कांग्रेसका सांसद गौतम

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री संजयकुमार गौतमले पूर्वाधारको नाममा शक्तिशाली पोस्ने गरी बजेट आएको आरोप लगाएका छन् । ‘देशभर सयौं सडकमा करोडका दरले बजेट क..

राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..