पूर्वराजा शाहले 'ठकुरी भाई' को बन्द अवज्ञा गरेपछि...


पत्रपत्रिका प्रकाशित: २०७५-११-३० गते
पूर्वराजा शाहले 'ठकुरी भाई' को बन्द अवज्ञा गरेपछि...

सर्लाही । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको अवज्ञा गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह बिहिबार दिउँसो सर्लाही आएका छन् ।

महोत्तरीको जलेश्वरबाट पूर्व–पश्चिम राजमार्ग हुँदै सुरक्षा स्कर्टिङसहित उनी सदरमुकाम मलंगवा आएका हुन् । सवा ४ बजे यहाँ आइपुगेका शाहले स्थानीय दुर्गाभगवती मन्दिरमा पूजाअर्जना गरे ।

पूर्वराजा शाहको स्वागतमा ठूलो संख्यामा राप्रपा नेपाल, राष्ट्रिय एकता परिषद् पार्टी, शिवसेना नेपालका कार्यकर्तासहित राजावादीहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै, पूर्वराजालाई हेर्न स्थानीय सयौँ सर्वसाधारणसमेत सडकको दायाँबायाँ उभिएका थिए । नेपाल समाचारपत्र दैनिकमा यो खबर छापिएको छ ।







दुर्घटनामा घाईते भएका नगरप्रवक्ता भट्टको मृत्यु
दुर्घटनामा घाईते भएका नगरप्रवक्ता भट्टको मृत्यु

बैतडी । पुर्चौडी नगरपालिकाका नगरप्रवक्ता गौतमप्रसाद भट्टको आज बिहान मृत्यु भएको छ । पुर्चौडी नगरपालिका(४ का वडाध्यक्षसमेत रहेका भट्टको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको..

किशोरी सुतिरहेको ठाउँमा पुगि बलात्कारको प्रयास गरेपछि...
किशोरी सुतिरहेको ठाउँमा पुगि बलात्कारको प्रयास गरेपछि...

मकवानपुर । भीमफेदी गाउँपालिका–४ की एक किशोरीलाई बलात्कार गर्न खोज्ने सोही वडाका एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरी अनुसन्धान पक्रिया अगाडि बढाएको छ । पीडित परिव..

नारायणी पुलमा झोला छाडेर हामफालिन् विमला 
नारायणी पुलमा झोला छाडेर हामफालिन् विमला 

चितवन । भरतपुर महानगरपालिका–२१ पार्वतीपुर बस्ने ३३ वर्षीया विमला कुमाल आज बिहान १०ः३० बजे नारायणी नदीको पुलबाट हाम फालेर बेपत्ता भएकी छिन् । पुलमा हिँडिरहेकी उनी नदीम..

सुनकोशी नदीमा डुबेका दुई विद्यार्थी अझै भेटिएनन्
सुनकोशी नदीमा डुबेका दुई विद्यार्थी अझै भेटिएनन्

उदयपुर । उदयपुर र खोटाङ सिमाना भएर बग्ने सुनकोशी नदीमा माछा मार्ने क्रममा बुधबार डुबेका दुई विद्यार्थी अझै भेटिएका छैनन् । लिम्चुङबुङ गाउँपालिका १ बाँसबोटेका बुत्कु माध्यमि..