विखण्डनवादी राउतलाई सम्मान र विप्लवलाई प्रतिबन्ध गरेपछि कांग्रेस नेता पाैडेलको यस्तो आक्रोश


रासस प्रकाशित: २०७५-१२-१ गते
विखण्डनवादी राउतलाई सम्मान र विप्लवलाई प्रतिबन्ध गरेपछि कांग्रेस नेता पाैडेलको यस्तो आक्रोश

तौलिहवा । राष्ट्र विखण्डनको नारा बोकेर हिँडेका सिके राउतलाई वार्ताबाट सहमतिमा ल्याउने र विप्लव नेतृत्वको माओवादीलाई आतङ्ककारीको बिल्ला भिराउने सरकारको कार्यशैली आफूलाई पटक्कै चित्त नबुझेको नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन्।

नेपाली काङ्ग्रेस कपिलवस्तुले बाणगङ्गा नगरपालिकामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राष्ट्र विखण्डनको नारालाई जनमत सङ्ग्रहमार्फत सिद्ध गर्ने भन्दै हिँड्ने सिके राउतसँग सम्झौता गरेर सरकार नराम्ररी चुकेको बताए। 

उनले विप्लव नेतृत्वको माओवादीलाई पनि प्रतिबन्ध लगाउनुको साटो वार्ता र संवादका माध्ययमबाट सहमतिको आधार खोज्न सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’लाई आग्रह गरे। 

सो अवसरमा पार्टी नेताहरु डा रामशरण महत, दीपकुमार उपाध्याय लगायतले सङ्गठन सुदृढीकरणको विषयमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए। रासस







‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’
‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’

काठमाडौं । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नेकपाकी सांसद तीर्था गौतमले पछिल्लो समय विप्लव समूहका कार्यकर्तामाथिको दमनलाई लिएर चिन्ता व्यक्त गरेकी छन् ।&..

संघीय व्यवस्था नालायक !, मोदीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने
संघीय व्यवस्था नालायक !, मोदीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालमा संघीय व्यवस्था असफल र नालायक नै भैसकेको दाबी गरेका छन् ।  उनले भारतीय प्र..

सत्तारुढ (ने.क.पा.) मा कार्यदिशाबारेको मतभेद चर्कियो
सत्तारुढ (ने.क.पा.) मा कार्यदिशाबारेको मतभेद चर्कियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को एकीकरण नटुगिंदै ‘राजनीतिक कार्यदिशा’ लाई लिएर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुबीच मतभेद तीव्र बनेको छ..

मुख्यमन्त्री नआएको भन्दै संसद् वैठक अवरुद्ध
मुख्यमन्त्री नआएको भन्दै संसद् वैठक अवरुद्ध

सुर्खेत । आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही उपस्थित नभएको भन्दै नेपाली कांग्रेसले आइतबारको कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ।&nb..