परिवार नै मिलेर ६ करोड ठगी, ६ सय ९ जना पीडित


पत्रपत्रिका प्रकाशित: २०७५-१२-१ गते
परिवार नै मिलेर ६ करोड ठगी, ६ सय ९ जना पीडित

काठमाडौं । ललितपुरको  ग्वार्कोस्थित एक भवनमा मेनपावर कम्पनी, सहकारी र एजुकेशन कन्सन्टेल्सीको कार्यालय छ । तीनवटै कार्यालय एकै परिवारको हो ।

तीनै कार्यालयबाट सो परिवारले नाटकीय शैलीमा ६ करोड ठगेको छ । दीपक तामाङ र उनकी श्रीमती विमला तामाङले अन्य व्यक्तिसँग मिली ३ कम्पनी खोलेर पोल्यान्ड पठाइदिने आश्वासनमा ठगी गरेका हुन् ।

तामाङ दाम्पत्तीले दृष्मा अ‍ोभरसिज, नबिल बचत तथा सहकारी संस्था र नाल एजुकेसन कन्सल्टेन्सी खोलेर ठगी गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्रसिंह धानुकले बताए । 

‘हामीकहाँ ती कम्पनीबाट पीडित ६ सय ९ जनाले पाँच करोड ४३ लाख ठगिएको उजुरी दिएका छन्’ एसएसपी धानुकले भने, ‘हामीले विस्तृत अनुसन्धान गरी १४ जनाविरुद्ध मुद्दा दायर गरेका छौँ ।’ यो समाचार नयाँ पत्रिकामा छापिएको छ ।   







क्लिन फिडमा आपत्ति जनाउँदै विज्ञापन विधेयकविरुद्ध पनि आन्दोलन
क्लिन फिडमा आपत्ति जनाउँदै विज्ञापन विधेयकविरुद्ध पनि आन्दोलन

काठमाडौँ । सरकारले राष्ट्रिय सभामा दर्ता गराएको विज्ञापन विधेयकमा राखिएको क्लिन फिडको प्रावधानमा आपत्ति जनाउँदै केबल टीभी व्यवसायीहरु आन्दोलित भएका छन् । केवल टीभी व्यवसायी..

चार युवतीको पछाडिबाट ढाडमा सुई हानेर फरार
चार युवतीको पछाडिबाट ढाडमा सुई हानेर फरार

काठमाडौं । तीन दिनअघि पकनाजोलकी एक युवती घरबाहिर निस्केकी थिइन् । मोटरसाइकलमा आएका युवा उनलाई पछाडिबाट ढाडमा तिखो वस्तुले घोचेर भागे । उनले न युवा देखिन् न त घोचेको कुरा नै दे..

ठग ठेकेदारका कारण भत्केको सिक्टा सिंचाईको नहर मर्मत जनताको करबाट गर्दै सरकार 
ठग ठेकेदारका कारण भत्केको सिक्टा सिंचाईको नहर मर्मत जनताको करबाट गर्दै सरकार 

काठमाडौ । परीक्षणका क्रममा भत्केको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर सरकारले मर्मत गर्ने भएको छ । यसअघि मूल नहरको मर्मत सरकार वा ठेकेदार कम्पनीमध्ये कसले गर्न..

विदेश गएका ५३२ नेपाली जेलमा 
विदेश गएका ५३२ नेपाली जेलमा 

काठमाडौं । रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका नेपालीमध्ये पाँच सय ३२ जना जेल परेका छन् । आर्थिक जोहोका लागि वैदेशिक रोजगारीमा गएका व्यक्तिहरु सम्बद्ध मुलुकको कानुन विपरी..