५ लाखभन्दा बढीको शेयर कारोबारमा प्यान अनिवार्य


नेपालपाना प्रकाशित: २०७५-१२-१ गते
५ लाखभन्दा बढीको शेयर कारोबारमा प्यान अनिवार्य

काठमाडाैं । पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डले वैशाख १ गतेदेखि ५ लाख रूपैयाँभन्दा बढीको शेयर कारोबारलाई स्थायी लेखा नम्बर (प्यान) को दायरामा ल्याउने भएको छ ।

बजेट कार्यान्वयन कार्ययोजनामै सरकारले दोश्रो बजारमार्फत शेयर खरिद गर्दा लगानीकर्ताले स्थायी लेखा नम्बर लिएको प्रमाण पेश गर्नुपर्ने नीतिगत व्यवस्था गरेको थियो ।

सोही व्यवस्थाअनुसार अब बैशाखदेखि ५ लाख रूपैयाँ भन्दा बढीको शेयर कारोबार गर्ने लगानीकर्ताले प्यानमा अनिवार्य दर्ता हुनुपर्ने र सो भन्दा कमको कारोबार गर्नेले पनि स्वेच्छिक रूपमा प्यानमा आवद्ध हुन सक्नेछन् । 

मुख्यत : दोस्रो बजारबाट शेयर खरिद गर्दा प्यान नम्बर अनिवार्य उपलब्ध गराउनुपर्नेछ । यसका लागि बोर्डले लगानीकर्ता तथा सरोकारवालासँग छलफल गरेको जनाएको छ ।







काठमाडौं राजधानीमा पत्रकारमाथि दिन–दहाडै आक्रमण
काठमाडौं राजधानीमा पत्रकारमाथि दिन–दहाडै आक्रमण

काठमाडौं । राजधानीमा समाचार संकलन गर्ने क्रममा सल्लेरी खबरका समाचार सम्पादक दिनेश बस्नेत माथी दिन–दहाडै साङ्घातिक आक्रमण भएको छ । पत्रकारलाई शैलेस श्रेष्ठ सहित श्रेष्..

प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार
प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार

काठमाडौं । बिहीबार विनियोजन विधयेकमाथि संसदमा जारी छलफलमा भाग लिँदै नेपाली काँग्रेस उपसभापति विजयकुमार गच्छदारले प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । ..

काठमाडौं राजधानीमा बस दुर्घटना, यस्ताे छ अवस्था
काठमाडौं राजधानीमा बस दुर्घटना, यस्ताे छ अवस्था

काठमाडौं । गोकर्णमा यात्रुबाहक बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बा १ ख ८७४४ नम्बरको बस गोकर्णको इटिचोकमा अनियन्त्रित भइ पल्टँदा दुर्घटना भएको प्र..

प्रहरीसँगको भिडन्तमा विप्लवका जिल्ला इञ्चार्ज मारिए
प्रहरीसँगको भिडन्तमा विप्लवका जिल्ला इञ्चार्ज मारिए

सर्लाही । लालबन्दीमा प्रहरी र विप्लवका कार्यकर्ताबीच भिडन्त भएको छ । प्रहरीसँगको भिडन्तमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएका छन्..