ह्वात्तै बढ्यो आत्महत्याका घटना


पत्रपत्रिका प्रकाशित: २०७५-१२-१ गते
ह्वात्तै बढ्यो आत्महत्याका घटना

राजविराज । केही समययता सप्तरीमा आत्महत्याका घटना ह्वात्तै बढेका छन् । एकपछि अर्को आत्महत्याका घटनाले स्थानीय समाजमा चिन्तासमेत बढाएको छ । अघिल्लो दिन बुधबार मात्र जिल्लाको राजविराज नगरपालिकामा अध्ययनका लागि डेरा लिई बस्दै आएका तिरुहुत गाउँपालिका–५ का १७ वर्षीय गौतम यादवले आत्महत्या गरेका थिए ।

त्यसको एक घण्टा नबित्दै कञ्चनरूप नगरपालिका–५ की २५ वर्षीया कल्पना चौधरीले पनि आप्mनै घरपछाडिको आँपको रूखमा साडीको पासो लगाई झुन्डिएर आत्महत्या गरेकी थिइन् ।

उक्त दुवै घटना सेलाउन नपाउँदै बिहीबार राजविराज नगरपालिका–७ बस्ने ४५ वर्षीय रामदयाल साहले आत्महत्या गरेका छन् । आफ्नै घरमा पंखा लगाउने प्रयोजनका लागि जडान गरिएको फलामे रडमा साडी बाँधेर साहले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भावेश रिमालले बताए ।

राति खाना खाएर सुतेका उनी बिहीबार बिहान झुन्डिएर मृत अवस्थामा फेला परेपछि छरछिमेकले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मुचुल्का उठाई साहको शव पोस्टमार्टमका लागि स्थानीय गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पु९याएको छ ।

योसँगै फागुन महिनाको ३० दिने अवधिमा आत्महत्या गर्नेको संख्या १० पुगेको प्रहरीले जनाएको छ । डीएसपी रिमालका अनुसार यस अवधिमा झुन्डिएर सात र विषसेवनबाट तीन गरी १० जनाको ज्यान गइसकेको छ ।

यसरी आत्महत्या गर्नेमा ६ पुरुष र ४ महिला छन् । जसमध्ये अधिकांश युवायुवती छन् । प्रहरी तथ्यांकअनुसार गत साउनदेखि फागुन मसान्तसम्म जिल्लामा कुल ३९ जनाले आत्महत्या गरेका छन् । जसमध्ये महिलाको संख्या २३ र पुरुषको संख्या १६ रहेको छ । राजधानी दैनिकमा यो खबर प्रकाशित छ ।







देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द
देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द

काठमाडौं । देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द भएका छन् ।  सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मको लागि नेपालमा प्रसारणमा रहेका विज्ञापन विदेशी आउने च्या..

अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ
अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ

विराटनगर । मोरङ प्रहरीले अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित विप्लव समुह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको छ । धिमाल विप्लव समूहका सक्रिय का..

सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा
सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा

पर्सा । ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगञ्जमा रहेको एक सुन पसलमा छापा मारेको छ । पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले उनले..

बंगलादेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु, सय जना घाइते
बंगलादेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु, सय जना घाइते

ढाका । बंगलादेशमा भएको रेल दुर्घटनामा ४ जनाको ज्यान गएको छ । उत्तरपूर्वी बंगलादेशको माउल्भिबजार जिल्लामा भएको रेल दुर्घटनामा अरु १ सय जनाभन्दा धेरै घाइते भएका छन् । दुर्घटन..