समायोजित प्रहरीको दुई ग्रेड वृद्धि प्रस्ताव


पत्रपत्रिका प्रकाशित: २०७५-१२-१ गते
समायोजित प्रहरीको दुई ग्रेड वृद्धि प्रस्ताव

काठमाडौँ । सरकारले प्रहरी समायोजन विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ । प्रदेशले छुट्टै प्रहरी ऐन नबनाएसम्म प्रदेशले चाहेमा केन्द्रले नै पदपूर्ति गर्ने व्यवस्था समेटेर प्रहरी समायोजन विधेयक दर्ता गरिएको हो ।

दर्ता विधेयक अनुसार समायोजन भएर जाने प्रहरी कर्मचारीले हालको तलबमानमा दुई ग्रेड थप सुविधा पाउनेछन् । विधेयकमा समायोजनमा बाँकी रहेको दरबन्दीमा प्रदेशले पदपूर्ति गर्न पाउने व्यवस्था प्रस्तावित छ ।

अन्तरिम व्यवस्थापनका लागि प्रदेश प्रहरीको पदपूर्ति गर्न माग भएमा मन्त्रालयले त्यस्तो पदमा पदपूर्ति गर्न सक्नेछ । तर, प्रदेश प्रहरी र लोकसेवा आयोग गठन भइसकेपछि प्रदेशस्तरबाटै पदपूर्ति हुनेछ ।

विधेयकमा भनिएको छ, ‘‘प्रदेश प्रहरीको पदमा पदपूर्ति गरिदिने गरी माग प्राप्त भएमा मन्त्रालयले त्यस्तो पदमा पदपूर्तिका लागि नेपाल प्रहरीमा हुने पदपूर्तिको व्यवस्था बमोजिम उम्मेदवार छनोट गर्ने व्यवस्था मिलाई त्यसरी छनोट भएका उम्मेदवारलाई नियुक्तिको लागि सिफारिस गरी पठाउने सक्नेछ । गोरखापत्र दैनिकमा यो खबर छापिएको छ ।







देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द
देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द

काठमाडौं । देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द भएका छन् ।  सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मको लागि नेपालमा प्रसारणमा रहेका विज्ञापन विदेशी आउने च्या..

अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ
अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ

विराटनगर । मोरङ प्रहरीले अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित विप्लव समुह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको छ । धिमाल विप्लव समूहका सक्रिय का..

सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा
सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा

पर्सा । ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगञ्जमा रहेको एक सुन पसलमा छापा मारेको छ । पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले उनले..

बंगलादेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु, सय जना घाइते
बंगलादेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु, सय जना घाइते

ढाका । बंगलादेशमा भएको रेल दुर्घटनामा ४ जनाको ज्यान गएको छ । उत्तरपूर्वी बंगलादेशको माउल्भिबजार जिल्लामा भएको रेल दुर्घटनामा अरु १ सय जनाभन्दा धेरै घाइते भएका छन् । दुर्घटन..