निर्मला पन्तकी आमाले बयान फेरेपछि...


पत्रपत्रिका प्रकाशित: २०७५-१२-१ गते
निर्मला पन्तकी आमाले बयान फेरेपछि...

काठमाडौं । निर्मला पन्तको बलात्कार तथा हत्याको अनुसन्धान प्रहरीले एकपछि अर्को गर्दै फरक फरक पाटोबाट अगाडि बढाइरहेको बेला हत्या प्रकरणले फेरि नयाँ मोड लिएको छ ।

प्रहरीले हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ गर्न अनुसन्धानको पाटोलाई फेर्दै अघि बढाइरहेको बताइरहँदा स्वयम् निर्मलाकी आमा दुर्गोदेवी पन्तको अदालती बयान फेरिएपछि अनुसन्धानरत प्रहरी नै अलमलमा परेको छ ।

एकाएक निर्मलाकी आमा दुर्गादेवीले सुरुमै हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दिलीपसिंह विष्टमाथि नै शंका गरेपछि प्रहरी फेरि अलमलमा परेको हो ।

निर्मलाकी आमाले केही दिनअघिको बयानमा दिलीपमाथि नै निर्मलाको हत्यामा संलग्न हुन सक्ने भन्दै बयान फेरेकी थिइन् । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ । 







देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द
देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द

काठमाडौं । देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द भएका छन् ।  सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मको लागि नेपालमा प्रसारणमा रहेका विज्ञापन विदेशी आउने च्या..

अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ
अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ

विराटनगर । मोरङ प्रहरीले अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित विप्लव समुह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको छ । धिमाल विप्लव समूहका सक्रिय का..

सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा
सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा

पर्सा । ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगञ्जमा रहेको एक सुन पसलमा छापा मारेको छ । पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले उनले..

बंगलादेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु, सय जना घाइते
बंगलादेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु, सय जना घाइते

ढाका । बंगलादेशमा भएको रेल दुर्घटनामा ४ जनाको ज्यान गएको छ । उत्तरपूर्वी बंगलादेशको माउल्भिबजार जिल्लामा भएको रेल दुर्घटनामा अरु १ सय जनाभन्दा धेरै घाइते भएका छन् । दुर्घटन..