ट्रम्पलाई यसरी पाता कस्यो अमेरिकी सिनेटले, साउदी अरबसँग मिलेर यमनमा गरेको युद्ध तत्काल रोक्न निर्देशन


नेपालपाना प्रकाशित: २०७५-१२-१ गते
ट्रम्पलाई यसरी पाता कस्यो अमेरिकी सिनेटले, साउदी अरबसँग मिलेर यमनमा गरेको युद्ध तत्काल रोक्न निर्देशन

वासिंगटन डीसी । यमनका जारी युद्ध अन्त्य गर्न अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आदेश दिएको छ । 

अमेरिकी सहयोगमा साउदी अरेबियाले अहिले छिमेकी मुलुक यमनमाथि भीषण युद्ध लादिरहेको छ । यो युद्धका कारण हजाराैं नागरिकको मृत्यु भएको छ भने झन्डै १ करोड नागरिक भोकमरीको चपेटामा परेका छन् । 

यमन युद्धमा राष्ट्रपति ट्रम्पले साउदी अरेबियाको नेतृत्वमा अमेरिकी शैनिक नै परिचालित गरेका छन् । अहिले यमनमा मुख्यत : हुथी बिद्रोही संगठनले लडाइँ गरिरहेको छ । 

साउदी शासकको विरोध गर्ने पत्रकार जमाल खग्गोसीको हत्या र यमन युद्धको मामिलामा यसअघिसम्म ट्रम्प प्रशासन माैन थियो । तर सिनेटले यो माैनता तोड्दै तत्काल यमन युद्ध अन्त्य गर्न ट्रम्पमाथि दबाब दिएको छ । अब ट्रम्पले अनिवार्य रूपमा यमन युद्धमा अमेरिकी संलग्नता अन्त्य गर्नुपर्नेछ । सिनेटको यो निर्णयले ट्रम्पको विदेश नीति विफल भएको देखाएको विश्लेषण गरिएको छ ।

यमन युद्धलाई निरन्तरता दिनुपर्ने पक्षमा ४६ मत र युद्ध रोक्नुपर्ने पक्षमा ५४ मत परेको सिनेटले जानकारी दिएको छ । ट्रम्पका ७ जना सांसदले समेत यमन युद्ध रोक्ने पक्षमा मतदान गरेका छन् । रिपब्लिकन पार्टीको बहुमत रहेको सिनेटले ३० दिनभित्र अमेरिकी सैनिक यमनबाट फर्काउन ट्रम्पलाई आदेश दिएको हो ।







पहिरोले विस्थापितका लागि राहत सामग्री लगियो, ५३ जनाको हेलिकप्टरबाट उद्धार
पहिरोले विस्थापितका लागि राहत सामग्री लगियो, ५३ जनाको हेलिकप्टरबाट उद्धार

संखुवासभा । असार २ गते बर्षा सँगै आएको पहिरोले विस्थापित ३७ परिवारलाई सोमबार हेलिकप्टरबाट राहत सामग्री लगिएको छ ।   मकालु गाउँपालिका–५ का र ३ नम्बर वडाका ३७ परिव..

सीमावर्ती क्षेत्रमा भारतले बाँध बनाएपछि सयौँ नेपाली घर डुबानमा
सीमावर्ती क्षेत्रमा भारतले बाँध बनाएपछि सयौँ नेपाली घर डुबानमा

बाँके । सीमावर्ती ग्रामीण क्षेत्रमा भारतले बनाएको अग्लो सडकका कारण नरैनापुरमा सयौँ नेपाली घर डुबानमा परेको छ । भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमा..

मन्त्री विष्ट भन्छन्: प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत सञ्चालन भएको छ
मन्त्री विष्ट भन्छन्: प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत सञ्चालन भएको छ

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा शीर्षक माथिको छलफलका क्रममा सांसदहरुबाट आएका प्रश्नको जवाफ दिँदै श्रम रोजगार..

इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

जकार्ता । इन्डोनेसियाको ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  निकै दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण तत्काल प्राप्त नभएको अधिकारीहरुले बताए..