प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले भन्यो : ''प्रतिबन्ध फिर्ता गरि वार्तामा बोलाए आउँछौं !''


नेपालपाना प्रकाशित: २०७५-१२-१ गते
प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले भन्यो : ''प्रतिबन्ध फिर्ता गरि वार्तामा बोलाए आउँछौं !''

काठमाडाैं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले सरकारका तर्फबाट उचित वातावरण बनाए आफुहरू वार्तामा बस्न तयार रहेको बताएको छ । पोलिटब्युरो सदस्य मोहन कार्की 'जीवन्त' ले सरकारका सञ्चारमन्त्री गोकुल बास्कोटाबाट सुनिएका कुरा सही र सत्य भए यो स्वागतयोग्य कदम भएको प्रतिक्रिया दिएका छन् । 

मन्त्रीपरिषद् बैठक सार्वजनिक गर्ने क्रममा बिहिबार सरकारका सञ्चारमन्त्री गोकुल बास्कोटाले वार्ता र छलफलका लागि सरकार तयार रहेको बताएका थिए । नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको कम्युनिष्ट पार्टीलाई दश औँला जोडेर वार्तामा आउन सरकारले बिन्ती गरेको उनले बताएका थिए । विप्लवसँग वार्ताका लागि सरकारले रातो कार्पेट समेत ओछ्याउन तयार गरेको उनको भनाइ थियो । 

प्रतिबन्धित पार्टीका नेताहरूले चाहिँ सरकारको यो कदमलाइ द्वैध चरित्रको संज्ञा दिएका छन् । एकातर्फ प्रतिबन्ध लगाउने र अर्कातर्फ वार्तामा बोलाएको जस्तो गर्न सरकारको गतिविधी गम्भीर षडयन्त्रमुलक रहेको उनीहरूको बुझाइ छ । 

मन्त्रीपरिषद्ले निर्णय गरेर बोलाए वार्तामा बस्न सकिने, तर त्यसका लागि सरकारले इमान्दार बनेर वार्ताको वातावरण तयार पार्नुपर्ने विप्लवको पार्टीका नेताहरू बताउँछन् । 

सरकारको असफलता ढाकछोप गर्न विखण्डनबादी सिके राउतलाई सम्मान र राजनीतिक एजेण्डा बोकेको असन्तुष्ट विप्लव समूहलाई अचानक प्रतिबन्ध लगाएको थियो । यो कदमले वर्तमान कम्युनिष्ट सरकार थप संकटमा परेको छ । 

विभिन्न क्षेत्रका बुद्धिजीवि र राजनीतिकर्मी एवं सर्वसाधारण नागरिकले ओली प्रचण्डको स्वार्थमा मुलुकलाई युद्धको भूमरीमा धकेल्न खोजेको भन्दै सरकारी कदमको चर्को विरोध गरिरहेका छन् । 







‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’
‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’

काठमाडौं । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नेकपाकी सांसद तीर्था गौतमले पछिल्लो समय विप्लव समूहका कार्यकर्तामाथिको दमनलाई लिएर चिन्ता व्यक्त गरेकी छन् ।&..

संघीय व्यवस्था नालायक !, मोदीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने
संघीय व्यवस्था नालायक !, मोदीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालमा संघीय व्यवस्था असफल र नालायक नै भैसकेको दाबी गरेका छन् ।  उनले भारतीय प्र..

सत्तारुढ (ने.क.पा.) मा कार्यदिशाबारेको मतभेद चर्कियो
सत्तारुढ (ने.क.पा.) मा कार्यदिशाबारेको मतभेद चर्कियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को एकीकरण नटुगिंदै ‘राजनीतिक कार्यदिशा’ लाई लिएर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुबीच मतभेद तीव्र बनेको छ..

मुख्यमन्त्री नआएको भन्दै संसद् वैठक अवरुद्ध
मुख्यमन्त्री नआएको भन्दै संसद् वैठक अवरुद्ध

सुर्खेत । आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही उपस्थित नभएको भन्दै नेपाली कांग्रेसले आइतबारको कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ।&nb..