डाईनामो किभलाई हराउँदै चेल्सी युरोपा क्वाटरफाइनलमा प्रवेश


नेपाल पाना प्रकाशित: २०७५-१२-१ गते
डाईनामो किभलाई हराउँदै चेल्सी युरोपा क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । गएराति भएको खेलमा युक्रेनको डाईनामो किभलाई हराउँदै इंग्लिस क्लब चेल्सी युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

खेलमा चेल्सीले डाईनामो किभलाई उसैको मैदानमा ५/० ले हराएको छ । चेल्सीका लागि ओलिभर जिरुले ह्याट्रिक गर्दा मार्कस अलन्सो र हड्जन ओडोईले १/१ गोल गरेका थिए ।

पहिलो लेगको खेलमा ३/० ले विजयी भएको चेल्सी गएरातिको खेलपछि समग्रमा ८/० ले विजयी भएको हो । युरोपा लिगअन्तर्गत गएराति भएको अर्को खेलमा फ्रान्सको रेनेजलाई ३/० ले हराउँदै इंग्ल्यान्डको आर्सनल पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पहिलो लेगको खेल ३/१ ले हारेको आर्सनलले गएरातिको जितपछि समग्रमा खेल ४/३ ले आफ्नो पक्षमा पारेको हो । अन्य खेलमा विजयी हुँदै स्पेनको भ्यालेन्सिया र भियारियाल, ईटालीको नापोली, जर्मनीको आईन्त्राच फ्र्यांकफर्ट, पोर्चुगलको बेनिफिका र चेक गणतन्त्रको स्लाभिया प्राग पनि क्वाटरफाइनलमा पुगेका हुन् ।







जापान जाने तयारीमा रहेका ट्रम्प दक्षिण कोरिया जादै
जापान जाने तयारीमा रहेका ट्रम्प दक्षिण कोरिया जादै

वशिंटन डीसी । जी–२० सम्मेलनमा सहभागी हुन जापान जाने तयारीमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति ट्रम्प..

अमेरिका र इरानबीच विवाद बढ्दो, वार्ताको लागि पूर्व शर्त छैन: ट्रम्प
अमेरिका र इरानबीच विवाद बढ्दो, वार्ताको लागि पूर्व शर्त छैन: ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको लागि कुनै पूर्व शर्त नरहेको र इरानलाई कुनै हालतमा परमाणु हतियार हासिल गर्न नदिने बताएका छन् ।  सत्..

इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

जकार्ता । इन्डोनेसियाको ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  निकै दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण तत्काल प्राप्त नभएको अधिकारीहरुले बताए..

धार्मिक कार्यक्रमकै बेला आँधिले उडायो त्रिपाल, १४ जनाको ज्यान गयो
धार्मिक कार्यक्रमकै बेला आँधिले उडायो त्रिपाल, १४ जनाको ज्यान गयो

काठमाडौं । भारत राजस्थानको बाडमेरमा धार्मिक कार्यक्रम चलिरहँदा आएको आँधीका कारण १४ जनाको ज्यान गएको छ । ५० भन्दा धेरै घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भिर भएको..