ट्याक्टरको ठक्करबाट इन्जिनियरको मृत्यु


नेपाल पाना प्रकाशित: २०७५-१२-१ गते
ट्याक्टरको ठक्करबाट इन्जिनियरको मृत्यु

पर्सा । ट्याक्टरको ठक्करबाट सखुवा प्रसौनी गाउँपालिकामा कार्यरत एक ईन्जिनियरको मृत्यु भएको छ । प्रहरीका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका घर भएका ४० वर्षीय दिपेन्द्र गुरुङको मृत्यु भएको हो ।

ना१प २६२६ नम्बरको मोटरसाइकलमा वीरगञ्जतर्फ र्फकने क्रममा वीरगञ्ज महानगरपालिका-१९ विन्दवासिनी चोकमा बिहीबार राति ९ बजेतिरको समयमा विपरीत दिशाबाट आइरहेको ना३त ३६९३ नम्बरको ट्याक्टरको टायर उछिट्टएिर उनलाई लागेको थियो ।

टायरले लागेर गम्भीर घाइते भएका गुरुङको एलएस न्युरो अस्पताल पानीट्याङकी वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी मानबहादुर राईले जानकारी दिए ।

ट्याक्टर चालक फरार रहेको तर ट्याक्टर धनीको पहिचान भइसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।







देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द
देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द

काठमाडौं । देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द भएका छन् ।  सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मको लागि नेपालमा प्रसारणमा रहेका विज्ञापन विदेशी आउने च्या..

अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ
अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ

विराटनगर । मोरङ प्रहरीले अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित विप्लव समुह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको छ । धिमाल विप्लव समूहका सक्रिय का..

सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा
सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा

पर्सा । ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगञ्जमा रहेको एक सुन पसलमा छापा मारेको छ । पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले उनले..

बंगलादेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु, सय जना घाइते
बंगलादेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु, सय जना घाइते

ढाका । बंगलादेशमा भएको रेल दुर्घटनामा ४ जनाको ज्यान गएको छ । उत्तरपूर्वी बंगलादेशको माउल्भिबजार जिल्लामा भएको रेल दुर्घटनामा अरु १ सय जनाभन्दा धेरै घाइते भएका छन् । दुर्घटन..