१६ वर्षीया किशोरी बलात्कारीलाई १३ वर्ष जेल सजायको फैसला


नेपाल पाना प्रकाशित: २०७५-१२-१ गते
१६ वर्षीया किशोरी बलात्कारीलाई १३ वर्ष जेल सजायको फैसला

सप्तरी । जिल्ला अदालत सप्तरीका जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले सामूहिक बलात्कारका तीन कसुरदारलाई  जनही १३ वर्ष कैद सजायको फैसला गरेको छ । 

राजविराज नगरपालिका–४ का २४ वर्षीय शम्भु साह, वडा नं ८ का २८ वर्षीय नवीन दत्त र वडा नं ९ का २१ वर्षीय फुदिन खानलाई बलात्कारको कसुरमा आठ र सामूहिक बलात्कारको कसुरमा थप पाँच वर्ष गरी १३ वर्ष कैद सजायको फैसला भएको अदालतले जानकारी दिएको छ ।

एसएलसी परीक्षा दिएर फर्केकी १६ वर्षीया बालिकालाई विसं २०७१ चैत १३ गते कोठामा लगी सामूहिक बलात्कार गरेको भन्दै पीडितले आरोपितसहित सातविरुद्ध उजुरी दिएकी थिइन् । आरोपितमध्ये पक्राउ नपरेका शम्भु, नवीन, फुदिन, राजविराज–८ का २५ वर्षीय कमल भनिने कमलकिशोर साह र राजगढ गाउँपालिका–३ नर्घोका २० वर्षीय दिपेशकुमार यादवलाई अदालतले २०७२ वैशाख २४ गते वारेण्ट पूर्जी जारी गरेको थियो ।

आरोपितमध्ये कमलकिशोर, रुपनी गाउँपालिका–६ तेरहौताका २५ वर्षीय जितेन्द्र मण्डल खङ्ग र सुनसरीको गढी गाउँपालिका–६ सतेरझोराका १८ वर्षीय दीपक खेरवार यादवले २०७३ जेठ २४ गते अभियोग दाबीबाट सफाइ पाएका थिए ।

धरौटी राखी तारेखमा रिहा भएका शम्भु, नवीन र फुदिनका हकमा उच्च अदालत जनकपुर राजविराज इजलासले गत कात्तिक १५ गते पुर्पक्षका लागि थुनामा राखी कारवाही गर्न आदेश दिएपछि प्रहरीले शम्भु र नवीनलाई गत मङ्सिर ३ गते पक्राउ गरेको थियो । 

तारेख गुजारेका फुदिन २०७५ पुस ८ गते अदालतमा हाजिर भएका थिए । श्रेस्तेदार दिलकुमार वर्देवाका अनुसार पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका शम्भु, नवीन र फुदिनका हकमा जिल्ला अदालतले १३ वर्ष कैद सजायको फैसला गरेको र दिपेशको हकमा मुद्दा मुल्तवी नै रहेको छ ।







देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द
देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द

काठमाडौं । देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द भएका छन् ।  सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मको लागि नेपालमा प्रसारणमा रहेका विज्ञापन विदेशी आउने च्या..

अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ
अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ

विराटनगर । मोरङ प्रहरीले अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित विप्लव समुह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको छ । धिमाल विप्लव समूहका सक्रिय का..

सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा
सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा

पर्सा । ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगञ्जमा रहेको एक सुन पसलमा छापा मारेको छ । पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले उनले..

बंगलादेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु, सय जना घाइते
बंगलादेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु, सय जना घाइते

ढाका । बंगलादेशमा भएको रेल दुर्घटनामा ४ जनाको ज्यान गएको छ । उत्तरपूर्वी बंगलादेशको माउल्भिबजार जिल्लामा भएको रेल दुर्घटनामा अरु १ सय जनाभन्दा धेरै घाइते भएका छन् । दुर्घटन..