अनमोल र सुहानाले ‘ए मेरो हजुर ३’ को गीतमा यसरी गरे रोमान्स (भिडियो)


नेपाल पाना प्रकाशित: २०७५-१२-१ गते
अनमोल र सुहानाले ‘ए मेरो हजुर ३’ को गीतमा यसरी गरे रोमान्स (भिडियो)

विराटनगर । नायिका एवं निर्देशक झरना थापाकी छोरी सुहाना थापा र नायक अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म ‘ए मेरो हजुर ३’को गीत सार्वजनिक भएको छ । आउँदो चैत्र २९ बाट प्रदर्शनमा आउने सो फिल्मको ‘जिन्दगी नै भन्दिन’बोलको गीत शुक्रबार सार्वजनिक भएको हो ।

गीतको भिडियोमा अनमोल र सुहानाको रोमान्स भरिपूर्ण छ । सुगम पोखरेल र प्रवीशा अधिकारीको आवाज रहेको उक्त गीतमा एकनारायण भण्डारीको शब्द तथा आशिष अभिरलको संगीत छ ।

गत असोज २६ बाटे छायांकन सुरू भएको यस फिल्म नायिका झरना थापाको निर्देशनमा बनेको हो । यस चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गर्नेछन् भने निर्देशक थापा र सुमन पौडेलको कथा रहेको छ ।

यस्तै रोशन श्रेष्ठले द्वन्द्व निर्देशन तथा सञ्जय लामाको छायांकनमा बनेको यस फिल्ममा अनमोल गायकको भूमिकामा छन् भने सुहाना एक फ्यानकोे भूमिकामा छिन् । यस्तै अनमोल र सुहानाका साथमा सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

 







देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द
देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द

काठमाडौं । देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द भएका छन् ।  सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मको लागि नेपालमा प्रसारणमा रहेका विज्ञापन विदेशी आउने च्या..

अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ
अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ

विराटनगर । मोरङ प्रहरीले अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित विप्लव समुह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको छ । धिमाल विप्लव समूहका सक्रिय का..

सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा
सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा

पर्सा । ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगञ्जमा रहेको एक सुन पसलमा छापा मारेको छ । पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले उनले..

बंगलादेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु, सय जना घाइते
बंगलादेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु, सय जना घाइते

ढाका । बंगलादेशमा भएको रेल दुर्घटनामा ४ जनाको ज्यान गएको छ । उत्तरपूर्वी बंगलादेशको माउल्भिबजार जिल्लामा भएको रेल दुर्घटनामा अरु १ सय जनाभन्दा धेरै घाइते भएका छन् । दुर्घटन..