प्रचण्डलाई मार्न टिम खटाइएको सरकारद्धारा खुलासा, नेकपामा खैलाबैला


नेपाल पाना प्रकाशित: २०७५-१२-१ गते
प्रचण्डलाई मार्न टिम खटाइएको सरकारद्धारा खुलासा, नेकपामा खैलाबैला

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई मार्न नेत्रविक्रम चन्द नेतृत्वकाे विप्लव समूहले मान्छे खटाएको खुलासा गरेका छन्।सरकारले दिएकाे जानकारीका अाधारमा प्रचण्डले यस्ताे खुलासा गरेहका हुन्।

वाइसिएल नेपालले पेरिसडाँडामा शुक्रबार आयोजना गरेको ‘शहीद तथा बेपत्ता परिवार अभिनन्दन’ कार्यक्रममा उनले भने, “ विप्लव समूहबाट आफूलाई मार्न विशेष योजनाका साथ मान्छे खटाइएको छ।

अधिकार प्राप्तिका लागि जनयुद्धकालमा सँगै हिडेका सहकर्मीबाटै यस्तो योजना बनाउँनु चुनौती दिने सरह भएको उनले बताए। आफूलाई नै १ नं मा मार्न विप्लव समूहले निर्णय गरी टिम खटाएको जानकारी सरकारबाट प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफू कसैको धम्कीबाट विचलित नहुनेसमेत बताए । उनले जनताको त्याग र बलिदानीबाट नै समाजवादको आधार तयार भएको बताउँदै समाजवादको यात्रामा अघि बढेको तर त्यो रातारात आउन नसक्ने धारणा व्यक्त गरे । एकता र सहकार्यका साथ महान् समाजवादको उज्यालोमा पुग्न सकिने पनि उनले बताए ।

स्रोतका अनुसार प्रचण्डको यस्तो अभिब्यक्तिलाई लिएर सत्तारुढ नेकपाका नेताहरु सनसनी मच्चिएको छ। अध्यक्ष प्रचण्डले शहीदहरु युगयुग बाँचेका हुन्छन् भन्दै जनयुद्ध र जनआन्दोलनका सबै शहीदको एकै ठाउँमा शहीदपार्क बनाउनेमा पार्टीमा सहमति भइसकेको जानकारी गराए।







‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’
‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’

काठमाडौं । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नेकपाकी सांसद तीर्था गौतमले पछिल्लो समय विप्लव समूहका कार्यकर्तामाथिको दमनलाई लिएर चिन्ता व्यक्त गरेकी छन् ।&..

संघीय व्यवस्था नालायक !, मोदीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने
संघीय व्यवस्था नालायक !, मोदीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालमा संघीय व्यवस्था असफल र नालायक नै भैसकेको दाबी गरेका छन् ।  उनले भारतीय प्र..

सत्तारुढ (ने.क.पा.) मा कार्यदिशाबारेको मतभेद चर्कियो
सत्तारुढ (ने.क.पा.) मा कार्यदिशाबारेको मतभेद चर्कियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को एकीकरण नटुगिंदै ‘राजनीतिक कार्यदिशा’ लाई लिएर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुबीच मतभेद तीव्र बनेको छ..

मुख्यमन्त्री नआएको भन्दै संसद् वैठक अवरुद्ध
मुख्यमन्त्री नआएको भन्दै संसद् वैठक अवरुद्ध

सुर्खेत । आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही उपस्थित नभएको भन्दै नेपाली कांग्रेसले आइतबारको कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ।&nb..