यो अचम्मको फूल नयाँ वर्षको दिन मात्र फूल्छ किन ? यस्तो छ रहस्य


नेपाल पाना प्रकाशित: २०७५-१२-१ गते
यो अचम्मको फूल नयाँ वर्षको दिन मात्र फूल्छ किन ? यस्तो छ रहस्य

काठमाडौ । यो संसारमा विभिन्न प्रकारका अनौठा किसिमका फूलहरु पाइन्छ । जसको आ आफ्नै फरक विशेषताहरु रहेको हुन्छ । त्यस्तै एक अचम्मको फूल जुन नयाँ वर्षको दिन ९वैशाख १ गते० मात्र फूल्छ र वेलुका झर्छ ।

यो फुल नेपालको प्रदेश नं २ अन्तर्गत पूर्वपश्चिम राजमार्गको लहानबजारदेखि पश्चिम र मत्स्यपालन केन्द्रदेखि दक्षिणमा रहेको प्रसिद्ध धार्मिक एवम् ऐतिहासिक सलहेश फूलबारीमा पाइन्छ । यहाँ हरेक नयाँ वर्षको दिन ९वैशाख १ गते० विहान फूल्छ र साझपख झर्छ । 

त्यसैले यहाँ नयाँ वर्षको दिन उक्त फूल हेर्नको लागी नेपालको मात्र नभई छिमेकी मूलुक भारतबाट पनि लाखौको सङख्यामा मानिसहरु आउँछन् । स्थानीयको अनुसार यो फूलको सम्बन्ध दलितमध्ये अति पिछडिएको दुसाद जातिको कुलदेवता तथा अन्तराष्ट्रियस्तरमा पूजनसय रहेको वीरगाथाका वीर पुरुष सलहेशको जीवन गाथासँग जोडिएको बताइन्छ ।

सलहेश को थिए ?
लोकगाथाका नायक वीर सलहेशको विवाह सीमावर्ती भारतको मधुवनी जिल्लाअन्तर्गत बरुवार भन्ने बलाठपुर निवासी बलाठकी छोरी सामैरसँग भएको थियो । तर पकडियागढका तत्कालीन राजा कुलेश्वरकी छोरी चन्द्रवतीले आफनो प्रेम प्रस्ताव अस्वीकार गरेपछि सलहेशलाई थुनामा राखेकी थिइन् । त्यसपछि उनलाई धेरै मन पराउने उनकी साथी मालिनीले सलहेशलाई थुनामुक्त गराएकी थिइन् । र उनले राजा सलहेशसँग विवाह गर्न नपाउदा तिम्रो प्रतिक्षामा नयाँ वर्षको दिन आउने भनेपछि यहाँ फूल फूल्न सुरु गरेको किंवदन्ती भनाई छ । त्यसैले यो दिन हरेक जोडी आफ्नो प्रेमविवाह गर्दा दाम्पत्य जीवन सफल हुने र सन्तान प्राप्ति हुने किंवदन्तीको कारण त्यहाँ जान्छन् । त्यसैले यस फूलबारीभित्र रहेको हारमको रूखलाई युवायुवतीले ‘लभ प्वाइन्ट’का रुपमा लिएको छ ।







काठमाडौं राजधानीमा पत्रकारमाथि दिन–दहाडै आक्रमण
काठमाडौं राजधानीमा पत्रकारमाथि दिन–दहाडै आक्रमण

काठमाडौं । राजधानीमा समाचार संकलन गर्ने क्रममा सल्लेरी खबरका समाचार सम्पादक दिनेश बस्नेत माथी दिन–दहाडै साङ्घातिक आक्रमण भएको छ । पत्रकारलाई शैलेस श्रेष्ठ सहित श्रेष्..

प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार
प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार

काठमाडौं । बिहीबार विनियोजन विधयेकमाथि संसदमा जारी छलफलमा भाग लिँदै नेपाली काँग्रेस उपसभापति विजयकुमार गच्छदारले प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । ..

काठमाडौं राजधानीमा बस दुर्घटना, यस्ताे छ अवस्था
काठमाडौं राजधानीमा बस दुर्घटना, यस्ताे छ अवस्था

काठमाडौं । गोकर्णमा यात्रुबाहक बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बा १ ख ८७४४ नम्बरको बस गोकर्णको इटिचोकमा अनियन्त्रित भइ पल्टँदा दुर्घटना भएको प्र..

प्रहरीसँगको भिडन्तमा विप्लवका जिल्ला इञ्चार्ज मारिए
प्रहरीसँगको भिडन्तमा विप्लवका जिल्ला इञ्चार्ज मारिए

सर्लाही । लालबन्दीमा प्रहरी र विप्लवका कार्यकर्ताबीच भिडन्त भएको छ । प्रहरीसँगको भिडन्तमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएका छन्..