इजरायलले हमासलाई लक्षित गरी गरे सय वटा हवाई आक्रमण


नेपाल पाना प्रकाशित: २०७५-१२-१ गते
इजरायलले हमासलाई लक्षित गरी गरे सय वटा हवाई आक्रमण

काठमाडौं । हमासलाई लक्षित गरी इजरायलले गाजा क्षेत्रमा गएराति सय भन्दा बढी हवाई आक्रमण भएको छ ।

प्यालेस्टिनी क्षेत्रबाट आर्थिक राजधानी तेल अभिभसमेतका क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिक्रिया स्वरुप इजरायलले हवाई आक्रमण गरिएको इजरायलले बताएको छ ।

‘लडाकू विमान, हेलिकप्टर र अरु विमानको सहयोगमा गएराति १०० भन्दा बढी हमासका लडाकूलाई लक्षित गरी आक्रमण गरिएको छ,’ इजरायली सैनिकले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

सेनाले पश्चिमी किनारामा लडाकू परिचालनको संयोजन गर्न हमासले प्रयोग गरिरहेका शंकास्पद कार्यालय भवनमा पनि आक्रमण गरेको जनाएको छ । गाजास्थित एक सुरक्षा स्रोतले हमास र यसको सहयोगी संगठन इस्लामिक जिहादका अरु महत्वपूर्ण स्थानहरुमा पनि आक्रमण गरिएको बताएको छ ।

स्रोतका अनुसार इजरायली आक्रमण ४० भन्दा बढी स्थानमा गरिएको छ । गाजा क्षेको रफाहमा एउटा घर ध्वस्त भएको छ । स्थानीयबासीले इजरायली आक्रमणलगत्तै प्यालेस्टिनी क्षेत्रबाट पनि क्षेप्यास्त्रहरु प्रहार गरिएको जनाएका छन् । शुक्रबार बिहानै दक्षिण इजरायलमा आपतकालीन साइरनहरु बजाइएका थिए ।

इजरायली सेनाले गाजा क्षेत्रबाट प्रहार गरिएका २ वटा क्षेप्यास्त्रलाई आकाशमै नष्ट गरिएको जनाइएको छ । गाजाबाट प्रहार गरिएका अरु क्षेप्यास्त्रबाट कोही पनि इजरायली नागरिक घाइते नभएको इजरायली गृह मन्त्रालयले जनाएको छ ।







उत्तर कोरियामा ५० हजार टन चामल पठाउँदै दक्षिण कोरिया
उत्तर कोरियामा ५० हजार टन चामल पठाउँदै दक्षिण कोरिया

सोल । दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने दक्षिणी कोरियाली एकीकरण मन्त्रालयले बुधबार जानकारी दिएको छ। दुई कोरिया मामिलाको प्रमुख योजना बनाउने एकीकरण..

जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु
रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु

काठमाडौं । मलेसियाको जोहरबारुमा विशाक्त रक्सी सेवनका कारण एक नेपाली सहित ४ जनाको मृत्यु भएको छ । रक्सी सेवनबाट ज्यान गुमाएका मध्ये एक जना नेपाली, एक पाकिस्तानी र एक भारतीय..

पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास
पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास

काठमाडौं । सर्वविदित छ, यतिखेर दक्षिण एसियाली देश पाकिस्तान आर्थिक संकटमा छ । उक्त संकटबाट मुक्तिका लागि प्रधानमन्त्री इमरान खान हरतरहले प्रयास गरिरहेका छन् । यसैबीच अन्तरा..