माल्दिभ्सलाई हराउँदै श्रीलंका सेमिफाइनलमा


नेपाल पाना प्रकाशित: २०७५-१२-१ गते
माल्दिभ्सलाई हराउँदै श्रीलंका सेमिफाइनलमा

विराटनगर . श्रीलंका पाँचौं संस्करणको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको प्रतियोगिताअन्तर्गतको चौथो खेलमा माल्दिभ्सलाई हराउँदै श्रीलंका सेमिफाइनलमा प्रवेश गरेको हो ।

विराटनगरस्थित शहीद रंगशालामा भएको उक्त खेलमा समूह ‘बी’मा रहेको श्रीलंकाले माल्दिभ्सलाई २–० ले गोल अन्तरले हरायो । श्रीलंकालाई जित दिलाउन चालानीकुमारी इकानायाकले दुई गोल गरिन् ।

उनले खेलको ३७ औं मिनेटमा गोल गर्दै पहिलो हाफ १–० को अग्रता दिलाइन् भने अर्को गोल दोस्रो हाफमा गरिन् । उनले खेलको ५० औं मिनेटमा दोस्रो गोल गर्दै टोलीलाई तीन अंक दिलाइन् ।







प्रधानमन्त्री कप महिला प्रतियोगिताको खेल प्रभावित 
प्रधानमन्त्री कप महिला प्रतियोगिताको खेल प्रभावित 

भीमदत्तनगर । आजदेखि यहाँ शुरु भएको मनसुनका कारण कञ्चनपुरको भीमत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगिताको खेल प्रभावित भएको छ । आइतबार दिउँसो तय भएको सशस्त्र प्रहरीक..

कतारलाई २–० ले हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा
कतारलाई २–० ले हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा

एजेन्सी । अर्जेन्टिना कोपा अमेरिका २०१९ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा कतारलाई २-० ले पराजित गर्दै अर्जेन्टिना समूह उपविजेताको रुपमा दोस्रो चरण प्रव..

पाकिस्तान र दक्षिण अफ्रिका आमने-सामने, कस्ले मार्ला बाजी ?
पाकिस्तान र दक्षिण अफ्रिका आमने-सामने, कस्ले मार्ला बाजी ?

काठमाडौं । दक्षिण अफ्रिकाको विश्वकप यात्रा समूह चरणबाट माथि नजाने लगभग निश्चित भइसकेको छ । पछिल्लो खेलमा न्यूजिल्याण्डसँगको साँघुरो हारले बाँकी सबै खेल जिते पनि सेमिफाइनलमा पु..

अपराजित भारतविरुद्ध जितविहीन अफगानिस्तान
अपराजित भारतविरुद्ध जितविहीन अफगानिस्तान

काठमाडौं । अहिलेसम्म आफ्ना पाँचै खेलमा पराजित भएको अफगानिस्तानले आईसीसी एकदिवसीय विश्वकपमा अझै कठिन प्रतिस्पर्धी भारतसँग साउथह्याम्प्टनमा खेल्दैछ ।  यस खेल नेपाली समयअ..