२०७६ सालमा १५ दिन सार्वजनिक विदा, कुन महिनामा कति?


नेपाल पाना प्रकाशित: २०७५-१२-१ गते
२०७६ सालमा १५ दिन सार्वजनिक विदा, कुन महिनामा कति?

काठमाडौं । सरकारले २०७६ सालमा चाँड पर्व र सार्वजनिक विदा गरी जम्मा १५ दिन विदा दिएको हुने सूचना मार्फत जानकारी गराएको छ ।
शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी गृह मन्त्रालयले देशैभरी विदा हुने गरी उक्त चाँड पर्व र सार्वजनिक विदा दिएको हो ।

वैशाख महिनामा सरकारले नयाँ वर्षका दिन वैशाख १ गते आइतबार र विश्व मजदुर दिवसका दिन वैशाख १८ गते बुधबार देशभर सार्वजनिक विदा दिइएको छ । जेठ महिनामा एक दिनमात्र ४ गते शनिबार सार्वजनिक विदा दिइएको छ । असार, साउन र भदौ महिनामा एक दिन पनि देशभर लागू हुने गरी सार्वजनिक विदा दिइएको छैन ।

असोज ३ गते शुक्रबार संविधन दिवसको दिन सार्वजनिक विदा दिइएको छ भने असोज १८ गते शनिबारदेखि २२ बुधबारसम्म अर्थात फूलपातीदेखि एकादशीसम्म ५ दिन सार्वजनिक विदा दिइएको छ ।

कात्तिक महिनामा तिहारका तीन दिन विदा परेको छ । कात्तिक १० गते आइतबारदेखि १२ गते मंगलबारसम्म अर्थात लक्ष्मीपूजादेखि भाइटीकासम्म ३ दिन विदा दिइएको छ ।

मंसिर, पुस र माघ महिनामा देशभर लागू हुने गरी विदा दिइएको छैन । फागुन महिनामा ९ गते शुक्रबार महाशिवरात्रीमा र फागुन २५ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवसमा सार्वजनिक विदा दिइएको छ ।

त्यस्तै फागू पूर्णिमाका दिन फागुन २६ गते सोमबार पहाड र भित्री मधेसका ५८ जिल्लामा र बाँकी जिल्लामा फागुन २७ गते मंगलबार सार्वजनिक विदा दिइएको छ ।चैत महिनामा भने कुनै पनि सार्वजनिक विदा परेको छैन ।







पहिरोले विस्थापितका लागि राहत सामग्री लगियो, ५३ जनाको हेलिकप्टरबाट उद्धार
पहिरोले विस्थापितका लागि राहत सामग्री लगियो, ५३ जनाको हेलिकप्टरबाट उद्धार

संखुवासभा । असार २ गते बर्षा सँगै आएको पहिरोले विस्थापित ३७ परिवारलाई सोमबार हेलिकप्टरबाट राहत सामग्री लगिएको छ ।   मकालु गाउँपालिका–५ का र ३ नम्बर वडाका ३७ परिव..

सीमावर्ती क्षेत्रमा भारतले बाँध बनाएपछि सयौँ नेपाली घर डुबानमा
सीमावर्ती क्षेत्रमा भारतले बाँध बनाएपछि सयौँ नेपाली घर डुबानमा

बाँके । सीमावर्ती ग्रामीण क्षेत्रमा भारतले बनाएको अग्लो सडकका कारण नरैनापुरमा सयौँ नेपाली घर डुबानमा परेको छ । भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमा..

मन्त्री विष्ट भन्छन्: प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत सञ्चालन भएको छ
मन्त्री विष्ट भन्छन्: प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत सञ्चालन भएको छ

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा शीर्षक माथिको छलफलका क्रममा सांसदहरुबाट आएका प्रश्नको जवाफ दिँदै श्रम रोजगार..

इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

जकार्ता । इन्डोनेसियाको ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  निकै दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण तत्काल प्राप्त नभएको अधिकारीहरुले बताए..