राजधानीमै बालिका अपहरणपछि सामूहिक बलात्कार, एक पक्राउ, एक फरार


नेपाल पाना प्रकाशित: २०७५-१२-१ गते
राजधानीमै बालिका अपहरणपछि सामूहिक बलात्कार, एक पक्राउ, एक फरार

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बालिका अपहरणपछि सामूहिक बलात्कारको घटना भएको छ।वीरेन्द्रनगर नगरपालिका–९ स्थित कांक्रेविहार जंगलमा स्कुले बालिका सामूहिक बलात्कारको शिकार भएकी हुन्। वीरेन्द्रनगरमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया बालिका बलात्कृत भएकी प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गतआइतबार स्कुलबाट घर जाँदै गरेकी बालिकालाई वीरेन्द्रनगर–९ का १९ वर्षीय प्रमेश रावत र २० वर्षीय सागर चौधरीले बाटोबाटै अपहरण गरी कांक्रेविहार जंगल पुयाएर बलात्कार गरेका हुन्। बलात्कारमा संलग्नमध्ये रावतलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। चौधरी भने फरार छन्।

‘दिउँसो एक बजेपछि स्कुलबाट घर जाँदै गरेकी बालिकालाई बाटोबाट अपहरण गरेर कांक्रेविहार जंगलमा सामूहिक बलात्कार गरेको पाइयो’, जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मीले भने, ‘घटनामा संलग्नमध्ये एक जनालाई पक्राउ गरेका छौं, अर्काको खोजी भइरहेको छ।’


चार हजार धरौटीमा छुटिन् आस्था राउत
चार हजार धरौटीमा छुटिन् आस्था राउत

काठमाडौं । गायिका आस्था राउत धरौटीमा छुटेकी छन् । अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई चार हजार रूपैयाँ धरौटीमा छाड्ने आदेश ग..

शिक्षालाई रोजगारसँग जोड्न सकेमात्र मुलुकको विकास हुन्छः शिक्षामन्त्री पोखरेल
शिक्षालाई रोजगारसँग जोड्न सकेमात्र मुलुकको विकास हुन्छः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई रोजगारसँग जोड्नुपर्ने बताएका छन् । बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजीको आयोजनामा आजदेखि..

मेयर द्धारिकलाल चौधरीले एकैदिन हटाए १२ जना कर्मचारी
मेयर द्धारिकलाल चौधरीले एकैदिन हटाए १२ जना कर्मचारी

इटहरी । इटहरीका मेयर द्धारिकलाल चौधरीले एकल निणर्य गरी सोमबार १२ जना कर्मचारीलाई निकालिदिएका छन् । चौधरीले करार सम्झौता सकिएको समयमा नवीकरण नगरी इटहरी उपमहानगरपालिकामा कार्यरत..

थुनामा रहेकी गायिका आस्था राउतलाई धरौटीमा छाड्ने तयारी
थुनामा रहेकी गायिका आस्था राउतलाई धरौटीमा छाड्ने तयारी

काठमाडौँ । सोमबारदेखि थुनामा रहेकी गायिका आस्था राउतलाई धरौटीमा छाड्ने तयारी भएको छ। प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा थुनामा रहेकी राउतलाई छाड्ने तयारी गरेको हो । प्र..