भीम रावलले फेरि उठाए यस्तो मुद्दा, 'टार्गेटमा परे ओली'


नेपाल पाना प्रकाशित: २०७५-१२-१ गते
भीम रावलले फेरि उठाए यस्तो मुद्दा, 'टार्गेटमा परे ओली'

काठमाडाैँ । गोर्खा सैनिकको समस्या समाधानका लागि पहल नगरेको भन्दै सांसदहरूले सरकारको चर्को आलोचना गरेका छन्। प्रतिनिधिसभाका सांसदहरुले भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सनलगायतका माग सम्बोधन गर्न बेलायत सरकारसँग तत्काल कूटनीतिक पहल गर्न सरकारसँग समेत माग गरेका छन्।

संघीय संसद अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा समितिका सदस्य भीम रावलले भूतपूर्व गोखा सैनिकहरुलाई बेलायत सरकारले दिने पेन्सनलगायतका सेवा सुविधामा विभेद गरेको भन्दै सो समस्या समाधान लागि पहल नगरेकोमा सरकारको आलोचना गरे। उनले गोर्खा भूतपूर्व सैनिकहरुको माग सम्बोधन गराउन बेलायत सरकारसँग तत्काल कूटनीतिक पहल गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।

बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने सरकार गोर्खा भूतपूर्व सैनिकहरुको माग सम्बोधन गराउन बेलायत सरकारसँग प्रयासरत रहेको भन्दै केपी ओली सरकारलार्इ चोख्याएका थिए। उनले गोर्खा सैनिकलाई समानताको आधारमा पेन्सनलगायतका सेवा, सुविधा उपलब्ध गराउन तथा उनीहरुको बलिदानको उचित कदर हुने गरी बेलायत सरकारसँग कूटनीतिक पहल गर्न तयार रहेको पनि स्पष्ट पारे। बेलायत सरकारले भूतपूर्व गोर्खा सैनिकलाई सन्तुष्ट बनाउनुपर्ने मान्यतामा नेपाल सरकार अडिग रहेको परराष्ट्रमन्त्री ज्ञवालीको भनाई छ।

मन्त्री ज्ञवालीले सरकारले हालसम्म गोर्खा सैनिकमा भर्ना भएका, बलिदान दिएकाहरुको अभिलेखीकरण गर्ने कामलाई अघि बढाएको पनि समितिलाई जानकारी दिए। उनले हरेक देशका छुट्टाछुट्टै सूचना प्रणालीहरु भएकाले त्यस काममा केही ढिलाई भएपनि सरकारले सोसम्बन्धी अभिलेखीकरण गर्ने र गोर्खा भूतपूर्व सैनिकहरुको समस्या समाधान गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे। बैठकमा समितिका सदस्यहरुले अझै पनि गोर्खा सैनिकमा भर्ना भएकाहरुको अभिलेख समेत राख्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए।







‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’
‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’

काठमाडौं । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नेकपाकी सांसद तीर्था गौतमले पछिल्लो समय विप्लव समूहका कार्यकर्तामाथिको दमनलाई लिएर चिन्ता व्यक्त गरेकी छन् ।&..

संघीय व्यवस्था नालायक !, मोदीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने
संघीय व्यवस्था नालायक !, मोदीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालमा संघीय व्यवस्था असफल र नालायक नै भैसकेको दाबी गरेका छन् ।  उनले भारतीय प्र..

सत्तारुढ (ने.क.पा.) मा कार्यदिशाबारेको मतभेद चर्कियो
सत्तारुढ (ने.क.पा.) मा कार्यदिशाबारेको मतभेद चर्कियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को एकीकरण नटुगिंदै ‘राजनीतिक कार्यदिशा’ लाई लिएर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुबीच मतभेद तीव्र बनेको छ..

मुख्यमन्त्री नआएको भन्दै संसद् वैठक अवरुद्ध
मुख्यमन्त्री नआएको भन्दै संसद् वैठक अवरुद्ध

सुर्खेत । आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही उपस्थित नभएको भन्दै नेपाली कांग्रेसले आइतबारको कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ।&nb..