दोहोरो नागरिकता लिनेमाथि कडा बन्दै सरकार


नेपाल पाना प्रकाशित: २०७५-१२-१ गते
दोहोरो नागरिकता लिनेमाथि कडा बन्दै सरकार

काठमाडाैँ । दोहोरो नागरिकता लिनेलाई तीनदेखि पाँच वर्षसम्म कैद र रु एकदेखि तीन लाखसम्म जरिवाना गर्ने गरी नागरिकता विधेयकमा सहमति जुटेको छ।

राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा भइरहेको दफावार छलफलमा यस्तो सहमति जुटेको हो। विधेयकका दफा ५, ६ र ७ बाहेक सबै बुँदामा सहमति जुटेको सभापति शशी श्रेष्ठले जानकारी दिइन्।

बैठकमा सांसदहरु रेखा शर्मा, दिलेन्द्रप्रसाद बडु, जनार्दन शर्मा, यशोदा सुवेदी, झपट रावल, डा डिला सङ्ग्रौला, देवेन्द्रराज कँडेल, मीना पाण्डे, वृजेशकुमार गुप्ता, अमरेशकुमार सिंहलगायतले नागरिकतामा गलत तथ्य पेश गरी नागरिकता लिन सिफारिस गर्ने आमा बाबु दुवैलाई कडा कारवाहीको व्यवस्था गरिनुपर्ने बताए।

गृहसचिव प्रेमकुमार राईले धर्म पुत्रपुत्री विदेश पठाउने व्यवस्था भएका बेला बाहिरबाट पैसा नआएपछि बाबु आमाले मेरो छोरा छोरी बाल गृहले थाहा नदिई विदेश पठायो भनेको जस्तो विकृति नआउने गरी नागरिकता विधेयकमा स्वघोषणाको व्यवस्था गरिएको बताए। रासस







देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द
देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द

काठमाडौं । देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द भएका छन् ।  सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मको लागि नेपालमा प्रसारणमा रहेका विज्ञापन विदेशी आउने च्या..

अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ
अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ

विराटनगर । मोरङ प्रहरीले अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित विप्लव समुह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको छ । धिमाल विप्लव समूहका सक्रिय का..

सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा
सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा

पर्सा । ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगञ्जमा रहेको एक सुन पसलमा छापा मारेको छ । पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले उनले..

बंगलादेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु, सय जना घाइते
बंगलादेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु, सय जना घाइते

ढाका । बंगलादेशमा भएको रेल दुर्घटनामा ४ जनाको ज्यान गएको छ । उत्तरपूर्वी बंगलादेशको माउल्भिबजार जिल्लामा भएको रेल दुर्घटनामा अरु १ सय जनाभन्दा धेरै घाइते भएका छन् । दुर्घटन..