बिरामी उपचार गर्ने वीरको न्याम्समा यसरी भयो राजनीतिक भागवण्डा (नामावली)


नेपालपाना प्रकाशित: २०७५-१२-२ गते
बिरामी उपचार गर्ने वीरको न्याम्समा यसरी भयो राजनीतिक भागवण्डा (नामावली)

काठमाडौं । बिरामीको उपचार गर्न र चिकित्सक उत्पादन गर्न खोलिएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा प्रधानमन्त्री केपी शर्मा ओलीले चरम राजनीतिकरण गरिदिएका छन् । 

चर्चित चिकित्सक डा. उपेन्द्र देवकोटाले शाहीशासनकालमा स्वास्थ्य राज्यमन्त्री छँदा न्याम्स खोलेका थिए । तर गणतन्त्रकालिन दुइतिहाइ बहुमतको सरकारले न्याम्समा राजनीतिक नियुक्तिलाई झन् बढावा दिएको हो ।

ओलीकै इच्छामा सुनसरीका प्रा.डा. देवनारायण साह न्याम्सको उपकुलपति नियुक्त भएका छन् । यस्तै,  पर्साका प्रा.डा. सुबोध कुमार अधिकारीलाई शिक्षाध्यक्ष, पाँचथरकी प्रा.प्रमिला देवानलाई रजिस्टार, सुनसरीका प्रा.डा.पियुस दाहाल डिन र सप्तरीका डा.केदार प्रसाद सेन्चुरीलाई बीर अस्पतालको निर्देशकमा नियुक्ति गरिएको छ ।

सबैको पदावधी चार बर्षको हुनेछ ।  प्रधानमन्त्री ओलीको उपस्थितीमा उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवले उपकुलपति साह लगायत सबैलाई शुक्रबार बालुवाटारमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

लामो समयदेखि न्याम्समा पदाधिकारी नियुक्ति नहुँदा आलोचना हुँदै आएको थियो । यसको न्याम्सका कर्मचारीले विरोध समेत गर्दै आएका थिए ।







देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द
देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द

काठमाडौं । देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द भएका छन् ।  सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मको लागि नेपालमा प्रसारणमा रहेका विज्ञापन विदेशी आउने च्या..

अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ
अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ

विराटनगर । मोरङ प्रहरीले अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित विप्लव समुह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको छ । धिमाल विप्लव समूहका सक्रिय का..

सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा
सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा

पर्सा । ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगञ्जमा रहेको एक सुन पसलमा छापा मारेको छ । पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले उनले..

बंगलादेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु, सय जना घाइते
बंगलादेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु, सय जना घाइते

ढाका । बंगलादेशमा भएको रेल दुर्घटनामा ४ जनाको ज्यान गएको छ । उत्तरपूर्वी बंगलादेशको माउल्भिबजार जिल्लामा भएको रेल दुर्घटनामा अरु १ सय जनाभन्दा धेरै घाइते भएका छन् । दुर्घटन..