किसानको कोटामा कार्यकर्तासहित चीन जाँदै कृषिमन्त्री खनाल


पत्रपत्रिका प्रकाशित: २०७५-१२-२ गते
किसानको कोटामा कार्यकर्तासहित चीन जाँदै कृषिमन्त्री खनाल

काठमाडौं । चिया किसान तथा चिया व्यवासायीहरूको कोटामा कृषि विकासमन्त्री चक्रपाणि खनाल शनिबार दिउँसो चीन जाँदै छन् । मन्त्री खनाल २० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन जान लागेका हुन् ।

चीनको सिचुवान प्रान्तको इविनी नगरपालिकामा मार्च १७ देखि २१ सम्म हुने ‘फर्ड अनुअल टी एक्सपो’ कार्यक्रममा सहभागी हुन मन्त्रीसहितको टोली चीन जान लागेको हो ।

मन्त्री खनालको टोलीमा कृषि मन्त्रालयबाट दुई जनाले मात्र प्रतिनिधत्व गर्दै छन् । टोलीमा उनी आबद्ध नेपाल कम्युनिस्ट पार्टीनिकट जिल्ला तहका कार्यकर्ता पनि छन् ।

मन्त्रालयबाट मन्त्री खनाल र सहसचिव हरिबहादुर केसी मात्रै छन् । चिया व्यवसायीको कोटामा चीन जान लागेको टोलीमा तत्कालीन माओवादी केन्द्रका गुल्मी जिल्ला सचिव बुद्धि बिसी, गुल्मी नेकपा जिल्ला तहका नेता मधुकृष्ण पन्थी, धुर्कोट गाँउपालिका अध्यक्ष भूपाल पोखरेल, गुल्मी छत्रकोटका तत्कालीन माओवादी केन्द्रका गाउँ कमिटी अध्यक्ष रामप्रसाद पाण्डे छन् ।

चिया तथा कफी विकास बोर्डबाट विजय मिश्र र राम एकवाल यादव पनि सोही टोलीमा चीन जाँदै छन् । नागरिक दैनिकमा यो समाचार छापिएको छ । 







भारी वर्षाले आएको बाढिले बगायो पुल, यातायात ठप्प
भारी वर्षाले आएको बाढिले बगायो पुल, यातायात ठप्प

लमजुङ । लमजुङ–मनाङ सिमानामा पर्ने म्यार्दी खोलाको पुल बगेपछि मनाङ सडक अवरुद्ध भएको छ ।  म्यार्दी पुल पहिरोले आइतबार बगाएको हो । पुलबगेपछि लमजुङ–मनाङ चल्ने..

लोकसेवा: तीन लाखले भरे फारम
लोकसेवा: तीन लाखले भरे फारम

काठमाडौं । लोकसेवा आयोगले आह्वान गरेको विज्ञापन तीन लाखले भरेका छन्। म्याद सकिन दुई दिन अघिसम्ममा २ लाख ९३ हजार २७१ जनाले फारम भरेको लोकसेवा आयोगका प्रवक्ता एवं सहसचिव किरनराज..

उच्च खानदानी ठग डायना, फरार डायना परे प्रहरीको फन्दामा
उच्च खानदानी ठग डायना, फरार डायना परे प्रहरीको फन्दामा

काठमाडौँ । ‘उच्च खानदानको हुँ’ भन्दै भारतीय व्यापारी ३८ वर्षीय श्रीपाल जैनलाई ठगी गर्ने महोत्तरी औरी–३ का २१ वर्षीय डायना सेकेण्डलाई प्रहरीले पक्राउ गरेको छ..

भारत हुँदै तेस्रो मुलुक जाँदा एनओसी अनिवार्य
भारत हुँदै तेस्रो मुलुक जाँदा एनओसी अनिवार्य

काठमाडौं । छिमेकी मुलुक भारत हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकले अतिरिक्त कागजपत्र पनि बुझाउनुपर्ने भएको छ। भारतीय अध्यागमन पार गर्नका लागि दिल्लीस्थित नेपाली दूतावासको सि..