२०७६ सालमा जम्मा १५ दिन सार्वजनिक विदा


पत्रपत्रिका प्रकाशित: २०७५-१२-२ गते
२०७६ सालमा जम्मा १५ दिन सार्वजनिक विदा

काठमाडौं । सरकारले २०७६ सालमा १५ दिन सार्वजनिक विदा दिएको छ । शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी गृह मन्त्रालयले देशैभरी विदा हुने गरी जम्मा १५ दिनमात्र सार्वजनिक विदा दिएको हो ।

वैशाख महिनामा सरकारले नयाँ वर्षका दिन वैशाख १ गते आइतबार र विश्व मजदुर दिवसका दिन वैशाख १८ गते बुधबार देशभर सार्वजनिक विदा दिइएको छ । जेठ महिनामा एक दिनमात्र ४ गते शनिबार सार्वजनिक विदा दिइएको छ । असार, साउन र भदौ महिनामा एक दिन पनि देशभर लागू हुने गरी सार्वजनिक विदा दिइएको छैन ।

यहाँ क्लिक गरेर राजपत्र पढ्नुहोस् । 

असोज ३ गते शुक्रबार संविधान दिवसको दिन सार्वजनिक विदा दिइएको छ भने असोज १८ गते शनिबारदेखि २२ बुधबारसम्म अर्थात फूलपातीदेखि एकादशीसम्म ५ दिन सार्वजनिक विदा दिइएको छ । कात्तिक महिनामा तिहारका तीन दिन विदा परेको छ । कात्तिक १० गते आइतबारदेखि १२ गते मंगलबारसम्म अर्थात लक्ष्मीपूजादेखि भाइटीकासम्म ३ दिन विदा दिइएको छ ।

मंसिर, पुस र माघ महिनामा देशभर लागू हुने गरी विदा दिइएको छैन । फागुन महिनामा ९ गते शुक्रबार महाशिवरात्रीमा र फागुन २५ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवसमा सार्वजनिक विदा दिइएको छ ।

त्यस्तै, फागू पूर्णिमाका दिन फागुन २६ गते सोमबार पहाड र भित्री मधेसका ५८ जिल्लामा र बाँकी जिल्लामा फागुन २७ गते मंगलबार सार्वजनिक विदा दिइएको छ ।चैत महिनामा भने कुनै पनि सार्वजनिक विदा परेको छैन । नेपाल समाचारपत्र दैनिकमा यो खबर छापिएको छ ।







देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द
देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द

काठमाडौं । देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द भएका छन् ।  सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मको लागि नेपालमा प्रसारणमा रहेका विज्ञापन विदेशी आउने च्या..

अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ
अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ

विराटनगर । मोरङ प्रहरीले अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित विप्लव समुह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको छ । धिमाल विप्लव समूहका सक्रिय का..

सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा
सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा

पर्सा । ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगञ्जमा रहेको एक सुन पसलमा छापा मारेको छ । पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले उनले..

बंगलादेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु, सय जना घाइते
बंगलादेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु, सय जना घाइते

ढाका । बंगलादेशमा भएको रेल दुर्घटनामा ४ जनाको ज्यान गएको छ । उत्तरपूर्वी बंगलादेशको माउल्भिबजार जिल्लामा भएको रेल दुर्घटनामा अरु १ सय जनाभन्दा धेरै घाइते भएका छन् । दुर्घटन..