यौन उत्पीडनका दुई दोषीलाई अदालतले रिहा गरेपछि...


नेपाल पाना प्रकाशित: २०७५-१२-२ गते
यौन उत्पीडनका दुई दोषीलाई अदालतले रिहा गरेपछि...

काठमाडौं । यौन उत्पीडनका दुई दोषीलाई इटलीको एक अदालतले रिहा गरिदिएको छ । 

यो निर्णय जुन प्यानलले सुनायो त्यसमा सबै न्यायाधिस महिला थिए । प्यानलले पीडित कुरुप र पुरुषजस्तै देखिने भएकाले उनीमाथि दुष्कर्म हुनै नसक्ने तर्क दिँदै यस्तो निर्णय गरेको हो । उक्त निर्णयविरुद्ध देशभरी प्रदर्शन भइरहेको छ । न्याय मन्त्रालयले निर्णयको अनुसन्धानको आदेश दिएको छ ।

आरोपीलाई रिहा गर्ने निर्णय इटलीको हाइकोर्टले सुनाएको हो । रिसाएका जनताले अदालत बाहिर प्रदर्शन गरे र ‘लाज लाग्दैन’ भन्दै नारा लगाए । घटना सन् २०१५ को हो । एनकोना इलाकाकी पेरुवियन मूलकी महिलाले दुई व्यक्तिमाथि दष्कर्मको आरोप लगाएकी थिइन् ।

सन् २०१६ मा तल्लो अदालले पेरुवियन मूलका दुई व्यक्तिलाई दोषी ठहर गरेको थियो । सन् २०१७ मा पुनरावेदन अदालतका महिला न्यायाधिसको प्यानलमा पुग्यो । यो कोर्टले तल्लो अदालतको निर्णय उल्ट्यायो ।

महिला न्यायाधिसको प्यानलले जसलाई दोषी ठहराइएको छ, उनीहरुलाई महिला कुरुप लागेको बताए । पीडित पुरुषजस्ती देखिन्छिन् त्यसकारण उनीमाथि दुष्कर्म हुन नसक्ने उनीहरुको तर्क थियो ।

पीडितकी वकिल सिंजिया मोलीनारोले भनिन्, ‘यस्तो लाग्छ कि प्रतिक्रियामा केही कमीका कारण दोषीलाई छोडिएको छ । पुनरावेदन अदालतको निर्णय अस्विकार्य छ ।’

एक दोषीले आफ्नो बयानमा ती महिला कुरुप भएको र फोनमा उनले उनको नाम लुटेरा भनेर सेभ गरेको बताएका थिए ।







उत्तर कोरियामा ५० हजार टन चामल पठाउँदै दक्षिण कोरिया
उत्तर कोरियामा ५० हजार टन चामल पठाउँदै दक्षिण कोरिया

सोल । दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने दक्षिणी कोरियाली एकीकरण मन्त्रालयले बुधबार जानकारी दिएको छ। दुई कोरिया मामिलाको प्रमुख योजना बनाउने एकीकरण..

जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु
रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु

काठमाडौं । मलेसियाको जोहरबारुमा विशाक्त रक्सी सेवनका कारण एक नेपाली सहित ४ जनाको मृत्यु भएको छ । रक्सी सेवनबाट ज्यान गुमाएका मध्ये एक जना नेपाली, एक पाकिस्तानी र एक भारतीय..

पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास
पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास

काठमाडौं । सर्वविदित छ, यतिखेर दक्षिण एसियाली देश पाकिस्तान आर्थिक संकटमा छ । उक्त संकटबाट मुक्तिका लागि प्रधानमन्त्री इमरान खान हरतरहले प्रयास गरिरहेका छन् । यसैबीच अन्तरा..