नेपालमा छोरा मोहका कारण वार्षिक ३ लाख छोरीको जीवन गर्भमै सीमित 


नेपाल पाना प्रकाशित: २०७५-१२-२ गते
नेपालमा छोरा मोहका कारण वार्षिक ३ लाख छोरीको जीवन गर्भमै सीमित 

काठमाडौं । लिंग पहिचान गर्न महिला स्वास्थ्य संस्थामा गएर अल्ट्रासाउन्ड गर्छन् र छोरी भए हत्या गरिदिन्छन् । छोरा मोहका कारण महिलाले छोरीको भ्रूणहत्या गर्ने क्रम बढेको हो । सीमावर्ती क्षेत्रका महिला भने भारतीय सहरमा पुगेर लिंग परीक्षण गराउँछन् ।

हालै गरिएको एक अध्ययनमा सहभागी महिलामध्ये १७ प्रतिशतलाई अल्ट्रासाउन्ड सेवा प्रदायकले भ्रूणको लिंगबारे बताएका थिए । ‘गर्भमा छोरी रहेको थाहा पाएपछि भ्रूणहत्या गर्ने गरेको पाइयो’, अध्ययनमा संलग्न वातावरण स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) का निर्देशक आनन्द तामाङले भने । भ्रूणको लिंग पहिचान गर्नु गैरकानुनी हो ।

नेपालमा वार्षिक तीन लाख २३ हजार ९४ जनाले गर्भपतन गराउँछन् । तीमध्ये ४२ प्रतिशतले मात्र सरकारी मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट गर्भपतन गराउँछन् । ५८ प्रतिशत गर्भपतन अवैध हुने गरेको छ ।

स्त्री तथा प्रसूति विशेषज्ञ डा। हीरा तुलाधर असुरक्षित तरिकाले गर्भपतन गराउँदा कैयन् महिलाले ज्यान गुमाउने गरेको बताउँछिन् । ‘असुरक्षित गर्भपतन गर्दा कतिपयको स्वास्थ्य अवस्था गम्भीर हुने र कतिको ज्यानसमेत जाने गरेको छ’, डा। तुलाधरले भनिन् । 







भारी वर्षाले आएको बाढिले बगायो पुल, यातायात ठप्प
भारी वर्षाले आएको बाढिले बगायो पुल, यातायात ठप्प

लमजुङ । लमजुङ–मनाङ सिमानामा पर्ने म्यार्दी खोलाको पुल बगेपछि मनाङ सडक अवरुद्ध भएको छ ।  म्यार्दी पुल पहिरोले आइतबार बगाएको हो । पुलबगेपछि लमजुङ–मनाङ चल्ने..

लोकसेवा: तीन लाखले भरे फारम
लोकसेवा: तीन लाखले भरे फारम

काठमाडौं । लोकसेवा आयोगले आह्वान गरेको विज्ञापन तीन लाखले भरेका छन्। म्याद सकिन दुई दिन अघिसम्ममा २ लाख ९३ हजार २७१ जनाले फारम भरेको लोकसेवा आयोगका प्रवक्ता एवं सहसचिव किरनराज..

उच्च खानदानी ठग डायना, फरार डायना परे प्रहरीको फन्दामा
उच्च खानदानी ठग डायना, फरार डायना परे प्रहरीको फन्दामा

काठमाडौँ । ‘उच्च खानदानको हुँ’ भन्दै भारतीय व्यापारी ३८ वर्षीय श्रीपाल जैनलाई ठगी गर्ने महोत्तरी औरी–३ का २१ वर्षीय डायना सेकेण्डलाई प्रहरीले पक्राउ गरेको छ..

भारत हुँदै तेस्रो मुलुक जाँदा एनओसी अनिवार्य
भारत हुँदै तेस्रो मुलुक जाँदा एनओसी अनिवार्य

काठमाडौं । छिमेकी मुलुक भारत हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकले अतिरिक्त कागजपत्र पनि बुझाउनुपर्ने भएको छ। भारतीय अध्यागमन पार गर्नका लागि दिल्लीस्थित नेपाली दूतावासको सि..