उदयपुरमा टिपरको ठक्करबाट युरोपियाको मृत्यु


नेपाल पाना प्रकाशित: २०७५-१२-२ गते
उदयपुरमा टिपरको ठक्करबाट युरोपियाको मृत्यु

उदयपुर । चौदण्डीगढी नगरपालिका–५ शिव माध्यमिक विद्यालय सुन्दरपुर नजिक टिपरको ठक्करबाट मोटरसाइकलमा सवार गम्भीर घाइते भएकी इलाम नगरपालिका–८ की ५० वर्षीय युरोपिया राईको मृत्यु भएको छ । 

आफ्नो साइडमा गुडिरहेको बा।३७ प ८८३६ नम्बरको मोटर साइकललाई को १ ख ६३८८ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिँदा मोटर साइकलमा सवार युरोपिया राई र उनका श्रीमान ५२ वर्षीय महेश राई घाइते भएका थिए ।

गम्भीर घाइते युरोपिया राईलाई स्वास्थ्य चौकी सुन्दरपुरमा सामान्य उपचारपछि थप उपचारको लागि विराटनगरस्थित नोवेल अस्पताल रिफर गरिएको थियो । गम्भिर घाइते युरोपियाको नोवेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिए ।

टिपर चालक सुनसरी बराह नगरपालिका(४ बस्ने २९ वर्षीय अर्जुन चौधरीलाई ईलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उदयपुरमा चालु आर्थिक वर्षमा टिपर र ट्रकको ठक्करबाट ७ जनाको ज्यान गईसकेको छ ।







देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द
देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द

काठमाडौं । देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द भएका छन् ।  सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मको लागि नेपालमा प्रसारणमा रहेका विज्ञापन विदेशी आउने च्या..

अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ
अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ

विराटनगर । मोरङ प्रहरीले अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित विप्लव समुह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको छ । धिमाल विप्लव समूहका सक्रिय का..

सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा
सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा

पर्सा । ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगञ्जमा रहेको एक सुन पसलमा छापा मारेको छ । पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले उनले..

बंगलादेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु, सय जना घाइते
बंगलादेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु, सय जना घाइते

ढाका । बंगलादेशमा भएको रेल दुर्घटनामा ४ जनाको ज्यान गएको छ । उत्तरपूर्वी बंगलादेशको माउल्भिबजार जिल्लामा भएको रेल दुर्घटनामा अरु १ सय जनाभन्दा धेरै घाइते भएका छन् । दुर्घटन..