महिला च्याम्पियनसिपः शहीद रंगशालामा नेपालविरुद्ध बंगलादेश


नेपाल पाना प्रकाशित: २०७५-१२-२ गते
महिला च्याम्पियनसिपः शहीद रंगशालामा नेपालविरुद्ध बंगलादेश

विराटनगर । शहीद रंगशालामा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा शनिबार नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

समूह चरणका अन्तिम खेल दिउँसो ३ बजे शहीद रंगशालामा हुनेछ । दुवै टिम सेमिफाइनलमा पुगिसकेकाले आजको नतिजाले समूह ‘ए’को विजेता र उपविजेताको टुंगो लगाउनेछ ।

घरेलु मैदानको भरपुर उपयोग गर्दै नेपाल समूह विजेता बन्ने दाउमा छ । नेपाल र बंगलादेशले भुटानलाई पराजित गर्दै समान तीन अंक जोडेको छ । दुवै खेलमा पराजय भोगेपछि भुटान प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपाल पहिलोदेखि तेस्रो संस्करणसम्मको उपविजेता र बंगलादेश अघिल्लो संस्करणको उपविजेता हो ।

नेपाल र बंगलादेशबीच अहिलेसम्म भएका पाँच खेलमा नेपालले चार खेलमा जित र एकमा बराबरी गरेको छ । इतिहास आफ्नो पक्षमा भएकाले बंगलादेशविरुद्ध जित निकाल्नु त्यति कठिन नभएको नेपाली टोलीको बुझाइ छ ।

प्रशिक्षक हरि खड्काले बंगलादेशमा केही राम्रा खेलाडी रहेकाले उनीहरुलाई रोक्ने रणनीतिमा केन्द्रित हुने बताएको छ । एक खेल अगावै सेमिफाइनल पुगेका नेपाल र बंगलादेश दबाब मुक्त त छन् । तर समुह विजेता बन्दै दुवै टोली सेमिफाइनलमा भारतविरुद्वको खेल टार्न चाहन्छन् । साफ च्याम्पियनसिपको इतिहासमा दुवै टोली पहिलो पटक समूह चरणमा भिड्न लागेका हुन् ।







प्रधानमन्त्री कप महिला प्रतियोगिताको खेल प्रभावित 
प्रधानमन्त्री कप महिला प्रतियोगिताको खेल प्रभावित 

भीमदत्तनगर । आजदेखि यहाँ शुरु भएको मनसुनका कारण कञ्चनपुरको भीमत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगिताको खेल प्रभावित भएको छ । आइतबार दिउँसो तय भएको सशस्त्र प्रहरीक..

कतारलाई २–० ले हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा
कतारलाई २–० ले हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा

एजेन्सी । अर्जेन्टिना कोपा अमेरिका २०१९ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा कतारलाई २-० ले पराजित गर्दै अर्जेन्टिना समूह उपविजेताको रुपमा दोस्रो चरण प्रव..

पाकिस्तान र दक्षिण अफ्रिका आमने-सामने, कस्ले मार्ला बाजी ?
पाकिस्तान र दक्षिण अफ्रिका आमने-सामने, कस्ले मार्ला बाजी ?

काठमाडौं । दक्षिण अफ्रिकाको विश्वकप यात्रा समूह चरणबाट माथि नजाने लगभग निश्चित भइसकेको छ । पछिल्लो खेलमा न्यूजिल्याण्डसँगको साँघुरो हारले बाँकी सबै खेल जिते पनि सेमिफाइनलमा पु..

अपराजित भारतविरुद्ध जितविहीन अफगानिस्तान
अपराजित भारतविरुद्ध जितविहीन अफगानिस्तान

काठमाडौं । अहिलेसम्म आफ्ना पाँचै खेलमा पराजित भएको अफगानिस्तानले आईसीसी एकदिवसीय विश्वकपमा अझै कठिन प्रतिस्पर्धी भारतसँग साउथह्याम्प्टनमा खेल्दैछ ।  यस खेल नेपाली समयअ..