गृहमन्त्रीले विप्लव समूहमाथि लिए यस्तो एक्सन,औषधि किन्दाकिन्दै पोलिटब्युरो सदस्य पक्राउ


नेपाल पाना प्रकाशित: २०७५-१२-२ गते
गृहमन्त्रीले विप्लव समूहमाथि लिए यस्तो एक्सन,औषधि किन्दाकिन्दै पोलिटब्युरो सदस्य पक्राउ

काठमाडाैँ । पछिल्लो समय विप्लव नेतृत्वको नेकपामाथि सरकार कडा  बन्दै गएपछि गृहमन्त्री रामबहादुर थापाले पनि अपराधिक गतिविधि गर्ने जो सुकैलाई पक्राउ गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन्।  सोही निर्देशनलाई पालन गर्दै प्रहरीले एक पोलिटब्युरो सदस्यलाई पक्राउ गरेको छ। सरकारद्वारा प्रतिबन्धित पार्टी विप्लव नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ लाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरी स्रोतका अनुसार जीवन्त औषधि किनेर डेरा फर्किरहेको बेला विशेष सूचनाको आधारमा प्रहरीको विशेष ब्युरोले पक्राउ गरेका हो। प्रहरीले शुक्रबार राति ललितपुरस्थित उनकै डेराबाट जीवन्तलार्इ पक्राउ गरेको थियो। फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले विप्लवको पार्टीलाई आपराधिक समूह ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। जीवन्त यसअघि पनि पक्राउ परेका थिए। सर्वोच्च अदालतको आदेशपछि रिहा भएका थिए।


‘सांसद साहलाई षडयन्त्रपुर्वक झुठा मुद्दा लगाएको छ’, रिहाइको माग गर्दै जनकपुरमा चक्काजाम
‘सांसद साहलाई षडयन्त्रपुर्वक झुठा मुद्दा लगाएको छ’, रिहाइको माग गर्दै जनकपुरमा चक्काजाम

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल९राजपा० का तर्फबाट सर्लाह क्षेत्र न‍.१ बाट निर्वाचित सांसद प्रमोद कुमार साहको रिहाईको माग गर्दै जनकपुरमा आन्दोलन सुरु भएको छ । जन..

राष्ट्रपति सी चिनफिङको भ्रमणमा सुरक्षा व्यवस्था उत्कृष्ट
राष्ट्रपति सी चिनफिङको भ्रमणमा सुरक्षा व्यवस्था उत्कृष्ट

काठमाडौं । प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले चीनका राष्ट्रपति सी चिनफिङको दुईदिने भ्रमणको सुरक्षा व्यवस..

नेपाल क्रिकेट संघ (क्यान) माथिको प्रतिबन्ध सशर्त फुकुवा 
नेपाल क्रिकेट संघ (क्यान) माथिको प्रतिबन्ध सशर्त फुकुवा 

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन सशर्त फुकुवा गरेको छ । दुबईमा बसेको आईसीसीको बोर्ड बैठकले साढे ३ वर्षअघि नेपालमा..

जङ्गलबाट ल्याएको अरिङ्गाल खाँदा एकै गाउँका १० जना बिरामी
जङ्गलबाट ल्याएको अरिङ्गाल खाँदा एकै गाउँका १० जना बिरामी

रुकुमकोट । जङ्गलबाट ल्याएको अरिङ्गाल खाँदा रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१२ कोलमा १० जना बिरामी परेका छन् । बिरामीमध्ये एकजनाको अवस्था गम्भीर छ ।  शनिब..