मोदीद्वारा “म पनि चौकीदार” अभियान सुरु


नेपाल पाना प्रकाशित: २०७५-१२-२ गते
मोदीद्वारा “म पनि चौकीदार” अभियान सुरु

नयाँदिल्ली  – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टी (बिजेपी)को “म पनि चौकीदार” अभियानको शनिबार सुरुवात गर्नु भएको छ। सबै भारतीय नागरिक कसरी चौकीदार हुन् भन्ने बारेमा तयार पारिएको भिडियो ट्वीटरमा सार्वजनिक गरेर उहाँले अभियानको सुरुवात गर्नु भएको हो। 

“तपाईका चौकीदारहरु देशभरि सेवा गरिरहेका छन्, म एक्लो छैन। हरेक व्यक्ति जो भ्रष्टाचार, गलत काम, सामाजिक विकृतिका विरुद्धमा लड्छन्, ती सबै चौकीदार हुन्,” उहाँले भन्नु भएको छ।  प्रधानमन्त्री मोदीले देशको प्रगतिका लागि कडा मिहनेत गर्नेहरुलाई पनि चौकीदारको संज्ञा दिँदै आज भारतका सबै नागरिकले म पनि चौकीदार हुँ भन्ने गरेको बताउनुभयो। 

अघिल्लो पटक सन् २०१४ मा भएको निर्वाचनमा आफू चौकीदार बन्न चाहेको बताउनु भएका मोदीले अहिले फेरि त्यही चौकीदारको विषयलाई अभियानको रुपमा सुरु गर्नुभएको हो।  चौकीदारले पैसा र सम्पत्तिको सुरक्षा गरे झैं आफूले देशको संरक्षण गर्न चाहेको उहाँको भनाई छ। 

काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले “चौकीदार चोर भयो” भन्ने टिप्पणी गरेपछि बिजेपीले त्यसको सर्वेक्षण गर्दा धेरै मान्छे चौकीदारको पक्षमा देखिएकाले “म पनि चौकीदार” अभियान उहाँले सुरु गर्नु भएको हो।  सर्वेक्षणले चौकीदारलाई होच्याइएकामा धेरै जना रिसाएको पनि देखाएको अधिकारीहरुले जनाएका छन्।  यसअघिको निर्वाचनमा प्रधानमन्त्री मोदीलाई “चियावाला” को रुपमा पनि यसैगरी प्रचार गरिएको थियो। त्यो पनि सकारात्मक र प्रभावकारी भएको थियो। भारतमा यही मार्च ३१ देखि निर्वाचन हुन लागेकाले निर्वाचनको दिन नजिकिदै जादा प्रचार प्रसार पनि तिव्र हुन थालेको छ। 







प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार, पाँच जना प्रहरीको मृत्यु
प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार, पाँच जना प्रहरीको मृत्यु

काठमाडौं । भारत झारखण्डको सरायकेला खरसांवामा नक्सलवादीको आक्रमणबाट पाँचजना प्रहरीको मृत्यु भएको छ।  शुक्रबार राति नक्सलवादीले आक्रमण गरेको र त्यसमा दुई सब इन्स्पेक्टर..

भारतको झारखण्डमा माओवादी विद्रोहीले पाँच प्रहरी मारिदिए 
भारतको झारखण्डमा माओवादी विद्रोहीले पाँच प्रहरी मारिदिए 

बीबीसी । भारतको झारखण्ड राज्यमा पर्ने सरायकेला खरसांवा जिल्लामा शुक्रबार साँझ सशस्त्र माओवादी विद्रोहीले प्रहरी सवार गाडीमा आक्रमण गरेका छन् । आक्रमणबाट पाँच प्रहरीको मृत्य..

इमरान खानले तोडे कुटनीतिक मर्यादा, विश्वका नेतासामु गरेको उठबस 'भाइरल'
इमरान खानले तोडे कुटनीतिक मर्यादा, विश्वका नेतासामु गरेको उठबस 'भाइरल'

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले विश्वका राष्ट्रप्रमुखकै अगाडी कुटनीतिक मर्यादा तोडेका छन् । सांघाई सहयोग संगठन (एससीओ) को बैठकमा भाग लिन किर्गिजस्तान पुगेका..

पुरुष सांसदले महिला सांसदलाई थप्पड प्रहार गरेपछि...
पुरुष सांसदले महिला सांसदलाई थप्पड प्रहार गरेपछि...

काठमाडौं । महिला सांसद फातुमा गेडीमाथि थप्पड प्रहार गर्ने पुरुष सांसद राशिद कासिम गिरफ्तारमा परेका छन् ।  अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार, यो घटना केन्याको..