किन भएन परराष्ट्रमन्त्री ज्ञवालीमाथि कारबाही ?


नेपालपाना प्रकाशित: २०७५-१२-३ गते
किन भएन परराष्ट्रमन्त्री ज्ञवालीमाथि कारबाही ?

काठमाडौं । परराष्ट्र मन्त्रालय र मातहतका निकायबाट हुने पटकपटकको त्रुटिले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रेषित हुने सन्देशमा गम्भीर प्रश्नचिह्न उब्जाएको छ । मन्त्रालयका अधिकारीहरूको पटकपटकको लापरबाहीले उनीहरूको कार्यसम्पादनमाथि पनि गम्भीर आशंका सिर्जना गरिदिएको छ ।

पटकपटक गम्भीर प्रकृतिको लापरबाही गरी अन्तर्राष्ट्रिय स्तरमै बदनामी कमाउँदा पनि परराष्ट्रका कर्मचारीमाथि कुनै कारबाही हुन सकेको छैन । परराष्ट्रका जानकारहरूका अनुसार पटकपटक त्रुटि हुने सानो शब्दले अन्तर्राष्ट्रिय जगतमा त्यसको सन्देश भने नकारात्मक प्रवाह हुने गरेको छ ।

गत ११ पुसमा राष्ट्रपतिबाट इन्डोनेसियामा सुनामीबाट ४३० जना भन्दा बढीको ज्यान जाने गरी भएको दुर्घटनाका विषयमा भएको त्रुटि र गम्भीर लापरबाहीले समवेदनाको ठाउँमा बधाईको सन्देश प्रेषित भएको थियो ।

मानवीयतामा प्रयोग हुने एउटा सानो शब्दले हलचल मच्चियो । जसका कारण सामाजिक सञ्जालमा मात्रै बहस भएन अन्तर्राष्ट्रिय क्षेत्रमा पनि यस विषयमा समीक्षासमेत भएको छ । परराष्ट्र मन्त्रालयले आगामी दिनमा अन्तर्राष्ट्रिय क्षेत्रमा पठाउने शुभकामना सन्देश र सूचनाका विषयमा गम्भीर भएर समीक्षा गर्ने जनाएको छ ।

सामाजिक सञ्जालमा राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट निकालेको विज्ञप्तिको विरोध भएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर माफी माग्नुप-यो । इन्डोनेसियाका राष्ट्रपति जोको बिडोडोलाई बधाई लेखिएको विज्ञप्ति सच्याउँदै परराष्ट्र मन्त्रालयले पुनः दुःख व्यक्त गर्दै इन्डिोनेसियाका नागरिकका नाममा समवेदना भनी उल्लेख गरेको थियो ।

परराष्ट्र मन्त्रालयले असावधानीका कारण यसअघि निकालिएको विज्ञप्तिमा गम्भीर गल्ती हुन गएकोमा माफी माग्दै विज्ञप्ति सच्चाइएको थियो । त्यसमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलगायतका कर्मचारीले गम्भीर गल्ती गरे पनि सरकारले उनीहरूसँग स्पष्टीकरण सोध्न सकेको छैन । जसका कारण दण्डहीनता मौलाउँदै गएको र परराष्ट्रका अधिकारीहरू गल्तीमा पनि हौसने गरेको अधिकारीहरूले बताएका छन् । राजधानी दैनिकमा यो खबर छापिएको छ । 







आफ्ना पिता विपीलाई सम्झिँदै भावुक भए शशांक, कार्यकर्तालाई यस्तो आह्वान
आफ्ना पिता विपीलाई सम्झिँदै भावुक भए शशांक, कार्यकर्तालाई यस्तो आह्वान

नेपालगन्ज– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफ्ना पिता विश्वेश्वर प्रसाद कोइरालालाई सम्झिएका छन्। पिता विपीको ३७ औं जन्मदिनमा सोमबार नेपालगञ्जमा आयोजित स..

विश्वकप एसिया छनोटः नेपालको खराब सुरुवात, कतारसँग स्तब्ध
विश्वकप एसिया छनोटः नेपालको खराब सुरुवात, कतारसँग स्तब्ध

काठमाडौं– सिंगापुरमा जारी आइसिसी टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपालले खराब सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा नेपाल कतारसँग पराजित भएको हो। आज भएको कत..

पाकिस्तानी खेलाडीलाई एक मुक्कामै ढाले नेपालका सुशीलले, थाइल्याण्डमा देखियो नेपालीको असली तागत
पाकिस्तानी खेलाडीलाई एक मुक्कामै ढाले नेपालका सुशीलले, थाइल्याण्डमा देखियो नेपालीको असली तागत

काठमाडौं– नेपालका सुशील थापाले पाकिस्तानी खेलाडी इर्दलाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेका छन्।  थाइल्याण्डमा जारी खुला अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिता..

विदेश भ्रमणमा ओली सरकारले सक्यो करोडौं रुपैयाँ 
विदेश भ्रमणमा ओली सरकारले सक्यो करोडौं रुपैयाँ 

काठमाडौं। समृद्ध नेपाल सुखी नेपालीको नारा दिएको केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले विदेश भ्रमणका नाममा राज्यकोषबाट करोडौं रुपैयाँ खर्च गरेको छ। एक एक नेपालीको करबाट स..