विप्लवलाई गोली हान्न ओली-प्रचण्डको निर्देशन


नेपालपाना प्रकाशित: २०७५-१२-३ गते
विप्लवलाई गोली हान्न ओली-प्रचण्डको निर्देशन

काठमाडाैं । प्रतिबन्ध लगाएको एकसाता नपुग्दै सत्ताधारी (ने.क.पा.) का अध्यक्ष तथा प्रधानमन्त्री खड्ग प्रसाद ओली र अर्का अध्यक्ष पुष्पकलम दाहालले नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्र विक्रम चन्द 'विप्लब' र कार्यकर्ताहरूलाई गोली हान्न निर्देशन दिएको खुलेको छ । 

सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन आएको र देख्नासाथ गोली हान्न सर्कुलर जारी गरिएको प्रहरीको उच्चस्रोतले जानकारी दियो । अहिले विप्लव नेतृत्वको पार्टीको वाहुल्यता रहेका जिल्लामा प्रहरीले ब्यापक अप्रेसन गरिरहेको छ भने कार्यकर्ता गिरफ्तार गरिरहेको छ । 

प्रतिबन्धित पार्टीको प्रभाव रहेका क्षेत्रमा अहिले सरकारले निकै संख्यामा प्रहरी खटाएको छ । प्रदेशबाट प्रहरी परिचालन गरिएपनि ओली र प्रचण्डकै निर्देशनमा काठमाडाैंबाट समेत थप प्रहरी पठाइएको स्रोतले जानकारी दियो ।

कर छली गरेको एनसेल टावर र विदेश पठाइदिने भन्दै युवा ठग्ने वैदेशिक रोजगारी व्यवसायी संघका अध्यक्ष रोहन गुरूङको घरमा विस्फोट गराएपछि अहिले सरकारले विप्लवको पार्टीमाथि प्रतिबन्ध लगाएको छ । ललितपुरमा विप्लव समूहले विस्फोट गराउँदा १ जना सर्वसाधारणको समेत मृत्यु भएको थियो । 

व्यापक चन्दा असुली र विस्फोट तथा विदोहोन्मुख राजनीतिक गतिविधी बढाउँदै लगेपछि सो पार्टी प्रतिबन्धमा परेको हो । 







आफ्ना पिता विपीलाई सम्झिँदै भावुक भए शशांक, कार्यकर्तालाई यस्तो आह्वान
आफ्ना पिता विपीलाई सम्झिँदै भावुक भए शशांक, कार्यकर्तालाई यस्तो आह्वान

नेपालगन्ज– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफ्ना पिता विश्वेश्वर प्रसाद कोइरालालाई सम्झिएका छन्। पिता विपीको ३७ औं जन्मदिनमा सोमबार नेपालगञ्जमा आयोजित स..

विश्वकप एसिया छनोटः नेपालको खराब सुरुवात, कतारसँग स्तब्ध
विश्वकप एसिया छनोटः नेपालको खराब सुरुवात, कतारसँग स्तब्ध

काठमाडौं– सिंगापुरमा जारी आइसिसी टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपालले खराब सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा नेपाल कतारसँग पराजित भएको हो। आज भएको कत..

पाकिस्तानी खेलाडीलाई एक मुक्कामै ढाले नेपालका सुशीलले, थाइल्याण्डमा देखियो नेपालीको असली तागत
पाकिस्तानी खेलाडीलाई एक मुक्कामै ढाले नेपालका सुशीलले, थाइल्याण्डमा देखियो नेपालीको असली तागत

काठमाडौं– नेपालका सुशील थापाले पाकिस्तानी खेलाडी इर्दलाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेका छन्।  थाइल्याण्डमा जारी खुला अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिता..

विदेश भ्रमणमा ओली सरकारले सक्यो करोडौं रुपैयाँ 
विदेश भ्रमणमा ओली सरकारले सक्यो करोडौं रुपैयाँ 

काठमाडौं। समृद्ध नेपाल सुखी नेपालीको नारा दिएको केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले विदेश भ्रमणका नाममा राज्यकोषबाट करोडौं रुपैयाँ खर्च गरेको छ। एक एक नेपालीको करबाट स..