जयपुरामा भीषण बाढी, ६३ जनाको मृत्यु


नेपाल पाना प्रकाशित: २०७५-१२-३ गते
जयपुरामा भीषण बाढी, ६३ जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा शनिबार राती गएको बाढी पहिरोमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ ।

घटनामा परी कैयौँ मनिसहरु बेपत्ता भएका र खोजी कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने बताइएको छ । खोजी तथा उद्धार कार्यालयका प्रान्तीय प्रवक्ताले आइतबार जानकारी दिएका छन् ।

अत्यधिक वर्षाका कारण जिल्लाका धेरै ठाउँमा प्राकृतिक प्रकोपका घटनाहरु भएको छ । प्रकोपमा परी २१ जना गम्भीर घाइते भएका छन् भने १८ जना सामान्य घाइते भएको प्रान्तीय प्रकोप व्यवस्थापन निकायको आपतकालिन इकाइका प्रमुख कोरी सिम्बोलोनले जानकारी दिएका छन् ।

‘दर्जनौ अझै पनि बेपत्ता रहेका छन्, स्थानीय समयअनुसार बेलुका छ बजे बाढी आएको थियो,’ उनले भने । बाढीबाट प्रभावित भएकाहरुमध्ये तीन हजार जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए ।

बाढीले दर्जनौ घर, पुल, सडकलगायतका भौतिक संरचनामा पनि क्षति पुर्याएको सिम्बोलोनले जानकारी दिएको छ । घटनाबाट प्रभावितहरुलाई खोजी तथा उद्धार र राहत वितरण कार्य भइरहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।







सडक किनारमा राखिएको बम विस्फोट, ५ सैनिकको मृत्यु
सडक किनारमा राखिएको बम विस्फोट, ५ सैनिकको मृत्यु

काठमाडौं । इराकको उत्तरी राज्य किर्कुकको एक सडक किनारमा राखिएको बम विस्फोटमा परी बुधबार ५ इराकी सङ्घीय प्रहरीको मृत्यु भएको छ । प्रान्तीय राजधानी किर्कुकको दक्षिण भागमा पर्..

अफगानिस्तानमा नेटोसँग आबद्ध दुई अमेरिकी सैनिक मारिए
अफगानिस्तानमा नेटोसँग आबद्ध दुई अमेरिकी सैनिक मारिए

अफगानिस्तान । अफगानिस्तानमा उत्तर एटलाण्टिक सन्धी संगठन नेटोसँग आबद्ध दुई अमेरिकी सैनिक मारिएका छन् । अमेरिका र तालिबान लडाकूबीच नयाँ वार्ता गर्ने तयारी भइरहेका बेला अफगानि..

विवाह बन्धनमा बाँधिएको एक घण्टामै जन्मियो बच्चा !
विवाह बन्धनमा बाँधिएको एक घण्टामै जन्मियो बच्चा !

एजेन्सी । अमेरिकमा एक जोडीले विवाह गरेको एक घण्टापछि बच्चा जन्माएका छन् । अमेरिकाको इन्डियाना, साउथ बेन्डका मेयर ‘पेटे बुटिगिग’ले मेरी र गाबेले बिहान सवा आठ बजे आफ..

झारखण्डमा बस दुर्घटना हुदाँ ६ जनाको मृत्यु, ४५ घाइते
झारखण्डमा बस दुर्घटना हुदाँ ६ जनाको मृत्यु, ४५ घाइते

भारत । पूर्वी राज्य झारखण्डमा मङ्गलबार भएको एक सडक दुर्घटनामा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका छन् ।  झारखण्डको गडवा जिल्लामा स्थानीय समयाअनुस..