इथियोपियन विमान दुर्घटनाका मृतकको संस्कार गर्न डढेको माटो दिइँदै


नेपालपाना प्रकाशित: २०७५-१२-४ गते
इथियोपियन विमान दुर्घटनाका मृतकको संस्कार गर्न डढेको माटो दिइँदै

अदिस अबाबा । गत आइतबार इथियोपियामा विमान दुर्घटनामा मारिएका व्यक्तिका आफन्तलाई दुर्घटनास्थलको माटो दिइने भएको छ । इथियोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स विमान दुर्घटनामा मारिएका १५७ जनाका आफन्तलाई अन्तिम संस्कारका लागि दुर्घटनाग्रस्त क्षेत्रबाट संकलन गरिएको डढेको माटो दिइने भएको हो ।

राजधानी अदिस अबाबाबाट केन्याको नैरोबीका लागि उडेको सो विमान उडेको केही मिनेटमा नै दुर्घटनाग्रस्त भएको थियो । सो विमानको इन्जिनमा प्राविधिक समस्या भएको हुन सक्ने विज्ञहरूले बताउँदै आएका छन् । विमान दुर्घटनामा नेपाललगायत ३५ देशका नागरिक मारिएका थिए ।

सो दुर्घटनापछि बोइङ ७३७ म्याक्स मोडलका विमान उड्न संसारभर प्रतिबन्ध लगाइएको छ । यसअघि गत अक्टोबरमा लायन एयरलाइन्सको सोही मोडलको विमान इन्डोनेसियाको जाभा प्रान्तमा खस्दा विमानमा सवार सबै १८९ जनाको मृत्यु भएको थियो । दुवै दुर्घटनाग्रस्त विमानमा एउटै प्राविधिक समस्या भएको हुन सक्ने विज्ञहरूले बताएका छन् । यो खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ ।







नेकपाको सचिवालय बैठक शनिबार बस्ने
नेकपाको सचिवालय बैठक शनिबार बस्ने

काठमाडौं । नेकपाको सचिवालय बैठक शनिबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा पुरानै एजेण्डामा छलफल हुने बताए । राजनीतिक प्रतिवेदन, का..

गोताखोर टोलीद्वारा कर्णालीमा डुबेको जीपको खोजीकार्य शुरू
गोताखोर टोलीद्वारा कर्णालीमा डुबेको जीपको खोजीकार्य शुरू

काठमाडौं । कर्णाली नदीमा जीप खसेर बेपत्ता भएकाहरुको खोजीका लागि काठमाडौंबाट गएको गोताखोरको टोलीले खोजीकार्य शुरू गरेको छ । कर्णाली नदीको पानी चिसो र बहाव बढी भएको कारण नेपा..

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार रहेका खड्का पक्राउ
बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार रहेका खड्का पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले फरार अभियुतm पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार भएका काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ९ बस्न..

सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु
सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु

महोतरी । बुधवार सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको सितामढी जिल्लाको बथनाहा थाना ग्राम पञ्चायत लक्ष्मिपुरका ४२ वर्षिय चन्द्र देव दास तत..