तालिबान लडाकुसमक्ष ५० जना सुरक्षाकर्मी गरे आत्मसमर्पण 


नेपाल पाना प्रकाशित: २०७५-१२-४ गते
तालिबान लडाकुसमक्ष ५० जना सुरक्षाकर्मी गरे आत्मसमर्पण 

अफगानिस्तान– तालिबान लडाकुले ५० जनाभन्दा बढि  सरकारी सीमा सुरक्षा प्रहरीलाई पक्राउ गरेका छन् । पश्चिमी अफगानिस्तानको बदगिश प्रान्तमा इस्लामिक लडाकु समूहद्धारा सुरक्षा प्रहरीलाई पक्राउ गरेका हुन् ।

तुर्कमेनिस्तानसँग सीमा जोडिएको क्षेत्रमा तालिबानले आक्रमण गरेपछि त्यहाँ रहेका १ सय भन्दा धेरै सीमा सुरक्षा प्रहरी त्यहाँबाट तुर्कमेनिस्तानतर्फ भाग्न खोजेका थिए । तर, तुर्कमेनिस्तानतर्फ उनीहरुलाई प्रवेश नदिइएपछि उनीहरुमध्ये ५० जनाभन्दा धेरैले तालिबानसमक्ष आत्मसमर्पण गरेको स्थानीय अधिकारीले जनाएका छन् ।

तालिबानसँग वषैँदेखि लडिरहेका सुरक्षाकर्मीले आत्मसमर्पण गरेपछि तालिबान लडाकुले उनीहरुको हत्या गर्नसक्ने चिन्ता रहेको बताइएको छ । यता तालिबानले भने उक्त भीडन्तमा ९० जना अफगान सुरक्षाकर्मी आत्मसमर्पण गरेको जनाएको छ ।

सामाजिक सञ्जाल ट्विटरमा सन्देश जारी गर्दै आत्मसमर्पण गरेका ९० बाहेक अरु धेरै अफगान प्रहरी आफ्नो कारवाहीमा मारिएको तालिबानले जनाएको छ । भीडन्तमा तालिबान तर्फ कति हताहति भयो भन्ने बारे स्पष्ट भइसकेको छैन ।


बेलायती ट्यांकरसहित समातिएका नागरिक रिहा गर्न इरानलाई भारतको आग्रह  
बेलायती ट्यांकरसहित समातिएका नागरिक रिहा गर्न इरानलाई भारतको आग्रह  

नयाँ दिल्ली । बेलायती ट्याङ्करसँगै नियन्त्रणमा लिइएका भारतीय नागरिकलाई रिहा गर्न नयाँ दिल्लीले इरानसँग आग्रह गरेको छ। इरानी सामुद्रिक गार्डले बेलायती ध्वजाबाहक ट्याङ्करलाई..

ईरानले बेलायती तेल ट्यांकर कब्जा ग-यो, खाडी क्षेत्र थप तनावग्रस्त !
ईरानले बेलायती तेल ट्यांकर कब्जा ग-यो, खाडी क्षेत्र थप तनावग्रस्त !

काठमाडौं । ईरानी रिभोल्युसनरी गार्डले होरमुजको खाडीबाट स्टेना इम्पेरो नामक बेलायती तेल ट्यांकर कब्जामा लिएको छ ।  ईरानले तत्काल आफ्नो तेल ट्यांकर नछोडेमा उसले गम्भीर न..

अमेरिका जाँदै हुनुहुन्छ ? बेरोजगारी दर बढ्यो
अमेरिका जाँदै हुनुहुन्छ ? बेरोजगारी दर बढ्यो

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा गत साताको बेरोजगारी दरमा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ। जुलाई १३ मा बेरोजगार भत्ताका लागि दाबी गर्ने अमेरिकीहरूको संख्..

जब बाढीले बगाएकी बाघिनी मानिसको ओछ्यानमा आएर सुतिन्...
जब बाढीले बगाएकी बाघिनी मानिसको ओछ्यानमा आएर सुतिन्...

एजेन्सी । भारत आसामको काजीरंगा राष्ट्रिय पार्कमा आएको बाढीले बगाएकी एक बाघिनीले स्थानीय मानिसको घरमा शरण लिएको खबर चर्चित बनेको छ ।  भारतको बन्यजन्तु कोषका अनुसार यी ब..