राजधानीमै हैजा !, १२ जनाको मृत्यु, हजारौँ संक्रमित


नेपाल पाना प्रकाशित: २०७५-१२-४ गते
राजधानीमै हैजा !, १२ जनाको मृत्यु, हजारौँ संक्रमित

यमन । यमनको राजधानी सनामा हैजाका कारण १२ जनाको ज्यान गएको छ ।  यो वर्षमात्र ४ हजार मानिसमा हैजाको  संक्रमण देखिएको स्थानीय स्वास्थ्यसेवा विभागका प्रमुख माथर अब्बास मिरवानीले बताएका छन् । 

हैजाबाट सबैभन्दा बढी बालबालिका प्रभावित भएको बताइएको छ । हैजाको प्रकोपपछि अहिले मानिसहरु स्वच्छ पानीको जोहो गर्न कसरत गरिरहेका छन् । मानिसहरु स्वच्छ पानी संकलन गर्नकै लागि निकै लामो लाइनमा लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अस्पतालमा पनि हैजा प्रभावितहरु बिरामीहरुको संख्या ठूलै छ । 

विश्व स्वास्थ्य संगठनको वेवसाइटमा जारी गरिएको पछिल्लो तथ्यांक अनुसार, यमनमा सन् २०१८ जनवरी १ देखि २०१९ फेब्रुअरी १७ सम्म हैजाबाट प्रभावित हुनेको संख्या ४२ हजार ८ सय १७ रहेको छ । जसमध्ये ५ सय ६० जनाको मृत्यु भएको छ । ५ वर्षभन्दा मुनिका बालबालिकामध्ये ३१ प्रतिशत हैजाबाट प्रभावित छन् ।







जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु
रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु

काठमाडौं । मलेसियाको जोहरबारुमा विशाक्त रक्सी सेवनका कारण एक नेपाली सहित ४ जनाको मृत्यु भएको छ । रक्सी सेवनबाट ज्यान गुमाएका मध्ये एक जना नेपाली, एक पाकिस्तानी र एक भारतीय..

पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास
पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास

काठमाडौं । सर्वविदित छ, यतिखेर दक्षिण एसियाली देश पाकिस्तान आर्थिक संकटमा छ । उक्त संकटबाट मुक्तिका लागि प्रधानमन्त्री इमरान खान हरतरहले प्रयास गरिरहेका छन् । यसैबीच अन्तरा..

भारतको छैटौँ ठूलो शहर चेन्नाईमा पानीको हाहाकार
भारतको छैटौँ ठूलो शहर चेन्नाईमा पानीको हाहाकार

एजेन्सी । पानी भण्डारण गरिएका चारवटा प्रमुख जलाशय क्षेत्र पूर्ण रूपमा सुकेपछि भारतको छैटौँ ठूलो शहर चेन्नाईमा पानीको हाहाकार भएको छ । भारतको दक्षिणी सहर चेन्नाईमा पछिल्ला केही..