टीकापुर घटनालाई आपराधिक घटनाका रूपमा हेर्नु अन्यायपूर्ण : भट्टराई


नेपाल पाना प्रकाशित: २०७५-१२-४ गते
टीकापुर घटनालाई आपराधिक घटनाका रूपमा हेर्नु अन्यायपूर्ण : भट्टराई

काठमाडौँ, ४ चैत । नयाँ शक्ति पार्टी नेपालले आठ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनालाई राजनीतिक ढङ्गबाट सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ ।

मुलुकमा विकसित घटनाक्रमका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मलेनमा नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले विगतमा भएका जनसङ्घर्षलाई राजनीतिक विद्रोहका रूपमा हेरिनु तर टीकापुर विद्रोहलाई आपराधिक घटनाका रूपमा व्यवहार गर्नु अन्यायपूर्ण भएको बताए ।

नेत्र विक्रम चन्द नेतृत्वको नेकपा उग्रवामपन्थी ध्वंसात्मक चिन्तनबाट ग्रसित हुनु शान्ति, प्रगति, सुशासन, विकास, समृद्धि र मानवीय स्वतन्त्रताको चाहना विपरीत भएको ठहर गर्दै नयाँ शक्तिले सरकार र चन्दलाई युगीन चेतनामा आधारित सही क्रान्तिकारी विचार र कार्यदिशा अवलम्बन गर्दै आफूहरुलाई रूपान्तरण गर्न आग्रहसमेत गरेको छ ।







काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन
काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन

काठमाडौं । गुठी विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै वसन्तपुरमा विशाल जुलुस न..

महिलाको मृत्यु भएपछि डडेल्धुरा यसरी भयो तनावग्रस्त, यातायात ठप्प
महिलाको मृत्यु भएपछि डडेल्धुरा यसरी भयो तनावग्रस्त, यातायात ठप्प

डडेल्धुरा । सुत्केरी भएको १४ दिनपछि महिलाको मृत्यु भएपछि डडेल्धुरामा तनाव भएको छ ।  शल्यक्रिया गरी शिशु जन्माएकी अमरगढी नगरपालिका–६ छचोडाकी वर्ष २६ की गीता ताम्र..

आजको मौसम: यी भूभागमा हावाहुरीसहित पानी पर्ने
आजको मौसम: यी भूभागमा हावाहुरीसहित पानी पर्ने

काठमाडौं । देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना छ । शनिबार  देशको पूर्वी तथा मध्य तथा पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी..

निर्माणाधीन उद्योगको ढलान खस्दा तीनजना मजदुरको मृत्यु !
निर्माणाधीन उद्योगको ढलान खस्दा तीनजना मजदुरको मृत्यु !

दाङ । लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माण क्रममा छैटौँ तलाको सट्रिङ भत्कँदा त्यसमा च्यापिएर तीनजना मजदुरको मृत्यु भएको छ । भारत झारखण्..