अन्तत: प्रधानमन्त्रीले लगाए पत्रकारमाथि यस्तो अंकुश, देखियो तनाशाहीको झल्को


नेपाल पाना प्रकाशित: २०७५-१२-४ गते
अन्तत: प्रधानमन्त्रीले लगाए पत्रकारमाथि यस्तो अंकुश, देखियो तनाशाहीको झल्को

काठमाडौं । दुई तिहाइको दम्भमा अन्तत: प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारमाथि तनाशाहीको झल्को दिने गरी कदम चालेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समाचार संकलनका लागि आएका केही पत्रकारलाई प्रवेशमा रोक लगाएपछि प्रधानमन्त्रीको यस्तो तनाशाही प्रवृत्तिको खुलासा भएको हो।

समाचार संकलनका क्रममा कार्यालय प्रवेश गर्न खोज्ने सञ्चारकर्मीलाई सुरक्षाकर्मीले पार्किङ क्षेत्रबाटै प्रवेश निषेध गरेका हुन। माथिको आदेश भन्दै सुरक्षाकर्मीले पत्रकारलाई गेट बाहिरै रोक्ने गरेको छ। मिडिया हाउस तथा सूचना तथा सञ्चार विभागले प्रदान गरेको परिचयपत्र देखाउँदा समेत पत्रकारलार्इ भित्र छिर्न दिइएको छैन।

समाचार संकलनका लागि भित्र छिर्नुपर्ने जानकारी गराई पत्रकार परिचय पत्र देखाउँदा समेत अनुमति लिएको अथवा माथिबाटै आदेश हुनुपर्ने भन्दै पत्रकारलाई गेट बाहिरै रोक्ने गरिएको छ। तर, कानुन व्यवसायीलाई निषेध गरिएको छैन। ‘हामी रिपोर्टिङका लागि गएका थियौं। तर प्रधानमन्त्री कार्यालयका सुरक्षाकर्मीले भित्र जान दिएनन्’, प्रधानमन्त्री कार्यालयबाट फर्काइएका एक पत्रकारले गुनासो गरे। ती पत्रकारले भने, दुई तिहाइको दम्भमा नै  प्रधानमन्त्री ओली  पत्रकारमाथि यस्तो अंकुश लगाएका हुन्।
 







काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन
काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन

काठमाडौं । गुठी विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै वसन्तपुरमा विशाल जुलुस न..

महिलाको मृत्यु भएपछि डडेल्धुरा यसरी भयो तनावग्रस्त, यातायात ठप्प
महिलाको मृत्यु भएपछि डडेल्धुरा यसरी भयो तनावग्रस्त, यातायात ठप्प

डडेल्धुरा । सुत्केरी भएको १४ दिनपछि महिलाको मृत्यु भएपछि डडेल्धुरामा तनाव भएको छ ।  शल्यक्रिया गरी शिशु जन्माएकी अमरगढी नगरपालिका–६ छचोडाकी वर्ष २६ की गीता ताम्र..

आजको मौसम: यी भूभागमा हावाहुरीसहित पानी पर्ने
आजको मौसम: यी भूभागमा हावाहुरीसहित पानी पर्ने

काठमाडौं । देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना छ । शनिबार  देशको पूर्वी तथा मध्य तथा पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी..

निर्माणाधीन उद्योगको ढलान खस्दा तीनजना मजदुरको मृत्यु !
निर्माणाधीन उद्योगको ढलान खस्दा तीनजना मजदुरको मृत्यु !

दाङ । लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माण क्रममा छैटौँ तलाको सट्रिङ भत्कँदा त्यसमा च्यापिएर तीनजना मजदुरको मृत्यु भएको छ । भारत झारखण्..