'विपी प्रतिष्ठान चाँडै विश्वविद्यालय बन्ने’


नेपाल पाना प्रकाशित: २०७५-१२-४ गते
'विपी प्रतिष्ठान चाँडै विश्वविद्यालय बन्ने’

धरान । उपप्रधान, जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालयका रुपमा स्थापित गर्ने सरकारले निर्णय गरिसकेको बताएका छन्।

प्रतिष्ठानको अनुगनमा आउनुभएका उहाँले आगामी शैक्षिक सत्रदेखि प्रतिष्ठान छुट्टै विश्वविद्यालयका रुपमा सञ्चालन हुने बताए । उनले प्रतिष्ठानका चिकित्सक, कर्मचारी, शिक्षकहरुसँग भेट गरी सबैलाई विश्वविद्यालयको स्तर अनुसारको विस्तारका लागि नयाँ योजना बनाउन निर्देशनसमेत दिए। उनले चाँडै मन्त्रालयले संशोधनको प्रक्रिया अगाडि बढाउने बताए।

छलफलमा चिकित्सकहरुले मन्त्रालयका एकेडेमीहरुको निगरानी र विस्तारका लागि कुनै प्रयास नभएको गुनासो गरे । अधिकांशले पदाधिकारी नियुक्ति गर्दा आर्थिक चलखेलका कारण प्रतिष्ठान जर्जर बनेको भन्दै स्वच्छ मान्छेलाई कुनै चलखेल बिना नियुक्ति गर्न माग गरे।

मन्त्री यादवले गुनासोको सुनुवाइ गर्दै स्वास्थ्यसम्बन्धी सबै क्षेत्रलाई निगरानी गर्न मन्त्रालयले तीन वटा विभाग बनाएर काम शुरु गर्न लागेको जानकारी दिए । उनका अनुसार समग्र स्वास्थ्य क्षेत्रको व्यवस्थापनका लागि व्यवस्थापकीय विभाग, शैक्षिक संस्था हेर्नका लागि एकेडेमिक विभाग र स्वास्थ्यसम्बन्धी योजना, अनुसन्धान लगायतको विषयमा अध्ययन, अनुगमन गर्न प्लानिङ एण्ड रिसर्च विभाग बनाइएको जानकारी दिए।

उनले विपी प्रतिष्ठानको उपकुलपति चैत भित्रै नियुक्ति गरेर सबैखाले समस्या समाधान गर्ने बताए। उपकुलपति डा. राजकुमार रौनियारलाई अनियमितताको आरोपमा गत फागुन १७ गतेको सिनेट बैठकले पदमुक्त गर्ने निर्णय गरेको थियो । कुलपतिसमेत रहेका प्रधानमन्त्रीले गत फागुन २६ गतेको सिनेटको निर्णयलाई सदर गरेपछि प्रतिष्ठान उपकुलपतिविहीन बनेको छ ।







काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन
काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन

काठमाडौं । गुठी विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै वसन्तपुरमा विशाल जुलुस न..

महिलाको मृत्यु भएपछि डडेल्धुरा यसरी भयो तनावग्रस्त, यातायात ठप्प
महिलाको मृत्यु भएपछि डडेल्धुरा यसरी भयो तनावग्रस्त, यातायात ठप्प

डडेल्धुरा । सुत्केरी भएको १४ दिनपछि महिलाको मृत्यु भएपछि डडेल्धुरामा तनाव भएको छ ।  शल्यक्रिया गरी शिशु जन्माएकी अमरगढी नगरपालिका–६ छचोडाकी वर्ष २६ की गीता ताम्र..

आजको मौसम: यी भूभागमा हावाहुरीसहित पानी पर्ने
आजको मौसम: यी भूभागमा हावाहुरीसहित पानी पर्ने

काठमाडौं । देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना छ । शनिबार  देशको पूर्वी तथा मध्य तथा पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी..

निर्माणाधीन उद्योगको ढलान खस्दा तीनजना मजदुरको मृत्यु !
निर्माणाधीन उद्योगको ढलान खस्दा तीनजना मजदुरको मृत्यु !

दाङ । लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माण क्रममा छैटौँ तलाको सट्रिङ भत्कँदा त्यसमा च्यापिएर तीनजना मजदुरको मृत्यु भएको छ । भारत झारखण्..