१५ महिनामै मलेसियामा ४०५ जना नेपालीको मृत्यु


नेपालपाना प्रकाशित: २०७५-१२-५ गते
१५ महिनामै मलेसियामा ४०५ जना नेपालीको मृत्यु

काठमाडाैं । देशमा रोजगारी नपाएपछि मलेसिया पुगेका नेपाली युवाहरूले अकालमा ज्यान गुमाइरहेको कहालीलाग्दो तथ्यांक सार्वजनिक भएको छ । 

क्लालालाम्पुरस्थित नेपाली दुतावासका अनुसार सन् २०१८ को जनवरीदेखि सन् २०१९ को मार्च १८ भित्र ४०५ जना नेपाली श्रमिक प्रवासीहरूले मलेसियामा ज्यान गुमाएका छन् । 

मलेसियामा दैनिक एक जना नेपालीको मृत्यु हुने गरेको र यसको प्रमुख कारण मुटु, कलेजो र फोक्सोसम्बन्धी रोग रहेको दुतावासले जनाएको छ । विभिन्न अस्पतालहरूबाट प्राप्त तथ्यांक प्रशोचन गरि दुतावासले तथ्यांक सार्वजनिक गरेको हो । यही डेढ बर्षको अवधिमा ४९ जनाले मलेसियामा झुन्डिएर आत्महत्या गरेका छन् ।

रोगको लक्षण देखिएको सामान्य अवस्थामा अस्पताल नै नजाने र स्वास्थ्यस्थिती गम्भीर बनेपछि मात्र उपचारका लागि लगिने भएकाले मलेसियाका प्रवासी श्रमिकहरू बिरामी पर्दा बचाउन कठिन हुने गरेको छ । अत्याधिक मदिरा सेवनका कारण बर्षेनी सैयाैं प्रवासी श्रमिक नेपालीहरूको ज्यान जाने गरेको छ । 







सरकारी जग्गा अनियमिततामा मुछिएका ८६ जनालाई बयानका लागि बोलायो अख्तियार
सरकारी जग्गा अनियमिततामा मुछिएका ८६ जनालाई बयानका लागि बोलायो अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि ८६ जनालाई बोलाएको छ।  बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमिततामा मुछिएकालाई बुधबार अख्तियारले एक स..

सडक किनारमा राखिएको बम विस्फोट, ५ सैनिकको मृत्यु
सडक किनारमा राखिएको बम विस्फोट, ५ सैनिकको मृत्यु

काठमाडौं । इराकको उत्तरी राज्य किर्कुकको एक सडक किनारमा राखिएको बम विस्फोटमा परी बुधबार ५ इराकी सङ्घीय प्रहरीको मृत्यु भएको छ । प्रान्तीय राजधानी किर्कुकको दक्षिण भागमा पर्..

‘प्रधानमन्त्री रोजगार कार्यक्रममा कुनै अनियमितता भएको छैन’
‘प्रधानमन्त्री रोजगार कार्यक्रममा कुनै अनियमितता भएको छैन’

काठमाडौं । ‘विनियोजन विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकले प्रस्ताव स्वीकृत गरेको छ ।  अर्थमन्त्री यु..

एसईईको नतिजा आज सम्भव छैन: परीक्षा नियन्त्रक 
एसईईको नतिजा आज सम्भव छैन: परीक्षा नियन्त्रक 

काठमाडौँ ।  एसईईको परीक्षाको प्रतीफल भोलिसम्ममा सार्वजनिक गर्ने प्रयास भइरहेको छ ।   परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले भने  ‘एसईईको नतिजा आज सम्..