मोजाम्बिकमा आँधीले प्रलय मच्चायो, १ हजारको मृत्यु, कैयाैं बेपत्ता


नेपालपाना प्रकाशित: २०७५-१२-५ गते
मोजाम्बिकमा आँधीले प्रलय मच्चायो,  १ हजारको मृत्यु, कैयाैं बेपत्ता

मापुतो । भीषण वर्षापछि आएको इडाई समुद्री आँधीका कारण मोजाम्बिकमा १ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । जिम्बाबे र मलाबीलगायत छिमेकी मुलुक पनि पछिल्लो आँधीको चपेटामा परेका छन् । 

मोजाम्बिकका राष्ट्रपति फिलिप नुसीले आँधी प्रभावित क्षेत्रको हवाई भ्रमण गरेको र सो क्रममा पानीमाथि तैरिरहेका कैयाैं लाशहरू देखेको बताएका छन् । विश्व खाद्य कार्यक्रमका एक अधिकारीले कुनैपनि घर सग्लो नदेखेको जानकारी गराएका छन् ।

बेलायी अन्तरराष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार बिहीबार भारी वर्षापछि प्रतिघण्टा १७७ किलोमिटरको बेगमा आँधी आएको थियो । यो आँधीले बन्दरगाह सहर बेयरामा सबैभन्दा ठूलो क्षति पु-याएको छ । 

अफ्रिकाका दक्षिणी भेग नै प्रभावित बनाउनेगरि चलेको आँधीका कारण जिम्बाबेमा पनि ९८ जनाको ज्यान गएको र २१७ जना हराइरहेको खबर छ । मोजाम्बिकका ५ लाख मानिसको घर ध्वस्त भएको सहायता एजेन्सीहरूले उल्लेख गरेका छन् ।  

आँधीप्रभावित क्षेत्रमा अहिले मानवीय संकटको स्थिति देखापरेको छ । विधुत र सञ्चार अवरूद्ध भएको छ भने ठाउँठाउँमा सडक भाँचिएका छन् । बिहिबारदेखि नै आँधीका कारण कैयाैं मानिसले ज्यान गुमाएपनि राहत र उद्दारकर्ताहरू भने आईबार मात्रै प्रभावित क्षेत्रमा पुगेका थिए । 

 


हाफिज सईदको गिरफ्तारीप्रति भारतको आशंका, ५०० आतंकवादीलाई अफगान सिमामा तालिम दिईरहेको दाबी 
हाफिज सईदको गिरफ्तारीप्रति भारतको आशंका, ५०० आतंकवादीलाई अफगान सिमामा तालिम दिईरहेको दाबी 

काठमाडौं । मुम्बई हमलाका योजनाकार हाफिज सईदलाई पाकिस्तानले गिरफ्तार गरेपनि भारतले आतंकवादी संगठन जमात उल दावाका ५०० आतंकवादीलाई अफगान सिमामा तालिम दिईरहेको दाबी गरेको छ ।&nbsp..

भारतकै सबै भन्दा पुरानो भवन भत्किँदा १४ जनाको मृत्यु
भारतकै सबै भन्दा पुरानो भवन भत्किँदा १४ जनाको मृत्यु

भारत । भारतकै सबै भन्दा पुरानो केशरभाई भवन भत्किँदा १४ जनाको मृत्यु भएको छ । मुम्बईको डोनग्री क्षेत्रमा अविरल वर्षासँगै केशरभाई भवन भत्किएको थियो । वर्षाका भवनको संरचना कमज..

२० वर्षे गर्भवती छोरीले बाबुको खुट्टा ढोग्दा टाउको छिनियो
२० वर्षे गर्भवती छोरीले बाबुको खुट्टा ढोग्दा टाउको छिनियो

भारत । मुम्बईस्थित घाटकोपरक्षेत्रमा २० वर्षे गर्भवती युवतीको हत्याको रहस्य सुल्झिएको छ । प्रहरीले युवतीको रगतले लत्पत्तिएको शव आइतबार बिहान फुटपाथमा भेटेको थियो । अनुसन्धान..

भवन भत्किँदा ४० जना मानिस पुरिए
भवन भत्किँदा ४० जना मानिस पुरिए

भारत । मुम्बईमा रहेको एउटा चारतले भवन भत्किँदा दर्जनौं मानिस पुरिएका छन् । मुसलधारे वर्षापछि मुम्बईको डोंगरी क्षेत्रमा रहेको चारतले भवन भत्किएको हो ।  भवनमा रहेका ३०(४..