पूर्व एसपी विष्टविरुद्ध जिल्ला अदालतमा मुद्दा, बयानका लागि विष्ट अदालतमा


नेपाल पाना प्रकाशित: २०७५-१२-५ गते
पूर्व एसपी विष्टविरुद्ध जिल्ला अदालतमा मुद्दा, बयानका लागि विष्ट अदालतमा

महेन्द्रनगर । बर्खास्तीमा परेका नेपाल प्रहरीका तत्कालीन एसपी दिल्लीराज विष्ट अदालतमा उपस्थित भएका छन् ।

निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धनमा गम्भीर लापरबाही गरेको भन्दै पीडित परिवारले विष्टविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

सोही मुद्दामा बयान दिनका लागि विष्ट मंगलवार अदालतमा उपस्थित भएका हुन् । पीडित परिवारले विष्टसहित नेपाल प्रहरीका ८ जना बर्खास्त र निलम्बित कर्मचारीवरुद्ध मुद्दा दायर गरेको थियो ।

अन्य ६ जना निलम्बित प्रहरी कर्मचारीहरु धरौटी बुझाएर रिहा भइसकेका छन् भने विष्ट मंगलवार अदालतमा हाजिर भएका हुन् । यस्तै अदालतले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका तत्कालीन डिएसपी ९हाल निलम्बित० अंगुर जिसीलाई पनि बयानका लागि उपस्थित हुन सूचना जारी गरिसकेको छ । जिसी भने उपस्थित भएका छैनन् ।







सरकारी जग्गा अनियमिततामा मुछिएका ८६ जनालाई बयानका लागि बोलायो अख्तियार
सरकारी जग्गा अनियमिततामा मुछिएका ८६ जनालाई बयानका लागि बोलायो अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि ८६ जनालाई बोलाएको छ।  बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमिततामा मुछिएकालाई बुधबार अख्तियारले एक स..

सडक किनारमा राखिएको बम विस्फोट, ५ सैनिकको मृत्यु
सडक किनारमा राखिएको बम विस्फोट, ५ सैनिकको मृत्यु

काठमाडौं । इराकको उत्तरी राज्य किर्कुकको एक सडक किनारमा राखिएको बम विस्फोटमा परी बुधबार ५ इराकी सङ्घीय प्रहरीको मृत्यु भएको छ । प्रान्तीय राजधानी किर्कुकको दक्षिण भागमा पर्..

‘प्रधानमन्त्री रोजगार कार्यक्रममा कुनै अनियमितता भएको छैन’
‘प्रधानमन्त्री रोजगार कार्यक्रममा कुनै अनियमितता भएको छैन’

काठमाडौं । ‘विनियोजन विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकले प्रस्ताव स्वीकृत गरेको छ ।  अर्थमन्त्री यु..

एसईईको नतिजा आज सम्भव छैन: परीक्षा नियन्त्रक 
एसईईको नतिजा आज सम्भव छैन: परीक्षा नियन्त्रक 

काठमाडौँ ।  एसईईको परीक्षाको प्रतीफल भोलिसम्ममा सार्वजनिक गर्ने प्रयास भइरहेको छ ।   परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले भने  ‘एसईईको नतिजा आज सम्..