आरोपीलाई संरक्षण गरेको आरोपमा मोदीको अर्को नाम ‘चोर चौकीदार’ !


नेपाल पाना प्रकाशित: २०७५-१२-५ गते
आरोपीलाई संरक्षण गरेको आरोपमा मोदीको अर्को नाम ‘चोर चौकीदार’ !

काठमाडौं । भारतको पन्जाव नेशनल बैंकको २ अर्ब डलर बराबर घोटालाका मुख्य आरोपी हिरा व्यापारी नीरव मोदीविरुद्ध बेलायतको एक अदालतले गिरफ्तारी पुर्जी जारी गरेको छ ।

भारतीय अधिकारीहरुका अनुसार मनि लन्ड्रिङको मुद्धामा उनलाई सुपुदर्गी गर्न प्रवर्तन निर्देशनालय ९ईडी० ले अनुरोध गरे अनुरुप गिरफ्तारी पुर्जी जारी भएको छ ।

वेस्टमिनिस्टर मजिस्ट्रेट अदालतबाट पुर्जी जारी भएसँगै नीरवलाई बेलायतको महानगरीय प्रहरीले कुनै पनि बेला पक्राउ गर्नसक्ने जनाएको छ । ‘अब नीरवसँग दुई वटामात्र विकल्प बाँकी छन्, कि उनी स्वयम्ले कुनै पुलिस चौकीमा आत्मसमर्पण गर्नुपर्नेछ वा बेलायती प्रहरीले पक्राउ गर्ने छन्,’ समाचारस्रोत भन्छ ।

भारतीय अखबारमा हालै प्रकाशित एक समाचारका अनुसार नीरव लन्डनको वेस्ट एंडमा ८० लाख पाउण्डको एक घरमा बस्छन् र हिराको कारोबारमा संलग्न छन् । भारतमा चुनाव नजिकिँदै जाँदा उनलाई लिएर ठूलै राजनीतिक खिचातानी छ ।

कांग्रेस आइलगायतका विपक्षी दलले सत्तारुढ भाजपाले उनलाई संरक्षण गरेको आरोप लगाउँदै आएको छ । विपक्षीले नीरवलाई ‘चोर’ र उनीलगायत भ्रष्टलाई संरक्षण गरेको भन्दै आफूलाई देशको चौकीदार घोषणा गरेका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘चोर चौकीदार’ को उपमा दिँदै आएका छन् ।







‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’
‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’

काठमाडौं । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नेकपाकी सांसद तीर्था गौतमले पछिल्लो समय विप्लव समूहका कार्यकर्तामाथिको दमनलाई लिएर चिन्ता व्यक्त गरेकी छन् ।&..

संघीय व्यवस्था नालायक !, मोदीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने
संघीय व्यवस्था नालायक !, मोदीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालमा संघीय व्यवस्था असफल र नालायक नै भैसकेको दाबी गरेका छन् ।  उनले भारतीय प्र..

सत्तारुढ (ने.क.पा.) मा कार्यदिशाबारेको मतभेद चर्कियो
सत्तारुढ (ने.क.पा.) मा कार्यदिशाबारेको मतभेद चर्कियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को एकीकरण नटुगिंदै ‘राजनीतिक कार्यदिशा’ लाई लिएर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुबीच मतभेद तीव्र बनेको छ..

मुख्यमन्त्री नआएको भन्दै संसद् वैठक अवरुद्ध
मुख्यमन्त्री नआएको भन्दै संसद् वैठक अवरुद्ध

सुर्खेत । आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही उपस्थित नभएको भन्दै नेपाली कांग्रेसले आइतबारको कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ।&nb..