अभिनेत्री आलिया भट्ट अभिनेता सलमानसँग जोडी बाँध्दै 


नेपाल पाना प्रकाशित: २०७५-१२-५ गते
अभिनेत्री आलिया भट्ट अभिनेता सलमानसँग जोडी बाँध्दै 

एजेन्सी । चर्चित निर्देशक सञ्जयलीला भन्सालीको फिल्मका दुई मुख्य कलाकारको टुंगो लागेको छ । उनले निर्देशन गर्ने चलचित्र ‘इन्साअल्ला’मा अभिनेता सलमान खान र अभिनेत्री आलिया भट्टको टुंगो लागेको भारतीय मिडियाले जनाएका छन् ।

यसअघि यस फिल्ममा अभिनेता साहरुख खान पनि हुने चर्चा थियो । तर, अब उक्त फिल्ममा सलमान र आलिया फाइनल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मिडियाले मात्र नभएर सलमानले पनि एक ट्वीटमार्फत् यस कुराको पुष्टि गरेका छन् ।

उनले आज एक ट्वीट गर्दै आफू सञ्जयसँग फिल्म गर्न पाएर खुशी भएको बताएका छन् । सलमान र आलिया पहिलोपटक एउटै सिनेमामा काम गर्ने भएका हुन् । आलिया आफ्नो आउँदो फिल्म ‘कलंक’को प्रचारमा ब्यस्त छिन् भने सलमान आफ्नो फिल्म ‘भारत’मा ब्यस्त छन् ।







नेपालकै सबैभन्दा ठूलो मौलिक रियालिटी ‘शो’मा रविराज साह पहिलो नम्बरमा छनोट
नेपालकै सबैभन्दा ठूलो मौलिक रियालिटी ‘शो’मा रविराज साह पहिलो नम्बरमा छनोट

काठमाडौं । ‘नेपाल लोक स्टार’ मा प्रदेश २ का रविराज साह पहिलो नम्बरमा छनोट भएका छन् ।  नेपालकै सबैभन्दा ठूलो मौलिक रियालिटी शो भनिएका ‘नेपाल लोक स्टार..

‘सक्दिन म बाच्न’ भन्दै मेलिना आइन बजारमा (भिडियोसहित)
‘सक्दिन म बाच्न’ भन्दै मेलिना आइन बजारमा (भिडियोसहित)

काठमाडौं । माया प्रेमको भावना समेटिएको गीत ‘सक्दिन म बाच्न’ सार्वजनिक भएको छ । फिल्म मारुनीको गीत ‘सक्दिन म बाँच्न’ सार्वजनिक भएको हो  । ‘सक..

‘सुपर गोर्खे’ साउन १० गतेबाट हलमा आउँदै
‘सुपर गोर्खे’ साउन १० गतेबाट हलमा आउँदै

काठमाडौं । साउन १० गतेबाट हलहरुमा फिल्म ‘सुपर गोर्खे’ आउने भएको छ । लामो समयदेखि तयार भएको फिल्म अब भने प्रदर्शनमा आउने पक्का भएको हो । फिल्ममा अभिनेत्री ऋचा सि..

बजारमा सेक्स क्लिनिकको प्रचार गर्दै सोनाक्षी
बजारमा सेक्स क्लिनिकको प्रचार गर्दै सोनाक्षी

मुम्बई । बलिउड नायिका सोनाक्षी सिन्हाले हिन्दी फिल्म ‘खानदानी शफाखाना’ मा करिअरकै कठिन दृष्यमा अभिनय गरेको दावी गरेकी छिन् ।  बजारमा सेक्स क्लिनिकको प्रचार..