अदालतको यस्तो एक्सनमा बर्खास्त एसपी अदालतमा भए हाजिर, डिएसपी जिसी अझै फरार


नेपाल पाना प्रकाशित: २०७५-१२-५ गते
अदालतको यस्तो एक्सनमा बर्खास्त एसपी अदालतमा भए हाजिर, डिएसपी जिसी अझै फरार

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी निर्मला हत्या प्रकरणमा नेपाल प्रहरीका एसपी र डीएसपीका नाममा ३५ दिने सूचना जारी भएपछि  एसपी जिल्ला अदालत कञ्चनपुरमा हाजिर भएका छन्। उक्त प्रकरणका कारण बर्खास्तमा परेका तत्कालीन प्रहरी प्रमुख (एसपी) डिल्लीराज विष्ट अदालतमा हाजिर भएका हुन्। निर्मला हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको भन्दै परेको मुद्दामा बयानका लागि विष्ट विहना साढे १० बजे जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका हुन्।  

जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले  विष्ट अदालतमा उपस्थित भएको पुष्टि गरे। उनका अनुसार विष्टको बयान लिने तयारी भएको छ।विष्टको बयान पछि थुनथेक बहस हुने बताइएको छ। तत्कालिन एसपी बिष्ट र सिआईवीका निलम्बित डिएसपी अंगुर जिसीका नाममा अदालतले उपस्थित हुन ३५ दिने वारेन्टसहितको सूचना फागुन २७ गते  जारी गरेको थियो।

उक्त सूचनाको आधारमा एसपी बिष्ट अदालतमा उपस्थित भएपनि डिएसी जिसी भने अझै सम्पर्कमा आएका छैनन्। प्रहरी द्धय  एसपी  बिष्ट र डिएसपी जिसीसहित आठ जनाविरुद्ध प्रमाण नष्ट गरेको र पीडितहरुलाई यातना दिएको अभियोग लगाउँदै कञ्चनपुरको सरकारी वकिल कार्यालयले जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरेको थियो। जिल्ला अदालत कञ्चनपुरले गत फागुन ३० गते उक्त मुद्दामा फैसना सुनाउँदै ६ जना प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

अदालतको आदेशपछि कञ्चनपुरका तत्कालीन प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर सेठी र तत्कालीन प्रहरी निरीक्षक एकेन्द्र खड्का ९र९ लाख तथा प्रहरी निरिक्षक जगदिस भट्ट ४ लाख धरौटी बुझाएर रिहा भएका थिए। यस्तै निलम्बित प्रहरी नायव निरिक्षकहरु हरिसिंह धामी साढे ३ लाख, रामसिंह धामी  ३ लाख तथा प्रहरी जवान चाँदनी साउद २ लाख ५० हजार धरौटीमा रिहा भएका थिए।सो दिन अदालतमा ६ जना मात्रै उपस्थित भएपछि उनीहरुको मात्रै बयान लिन थालिएको थियो। तत्कालीन एसपी विष्ट र निलम्बित सीआईबीका डीएसपी अंगुर जीसीलाई भने २१ दिनभित्र बयानका लागि उपस्थित हुन अदालतले आदेश दिएको थियो।


३ सय बिजुली बस खरिदका लागि सरकारले दियाे साझालाई ३ अर्ब 
३ सय बिजुली बस खरिदका लागि सरकारले दियाे साझालाई ३ अर्ब 

काठमाडौं । सार्वजनिक यातायातमा बिजुली बसलाई प्रोत्साहन गर्ने उद्देश्यले ३ सय बिजुली बस संचालन गर्ने लक्ष्यअनुरुप सरकारले साझालाई ३ अर्ब रुपैयाँ रकम प्रदान गरेको छ । मन्त्रा..

बाढी, पहिरो र डुबान क्षेत्रमा  सम्भावित महामारी नियन्त्रणका लागि कांग्रेसको आग्रह
बाढी, पहिरो र डुबान क्षेत्रमा  सम्भावित महामारी नियन्त्रणका लागि कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले सम्भावित महामारी नियन्त्रणका लागि सरकारलाई आग्रह गरेका छन् । बाढी, पहिरो र डुबान क्षेत्रमा विभिन्न रोग महामारीको रुपमा फैलने सम्भावनालाई नियन्त्रण..

पूर्व-पश्चिम रेलमार्ग अन्तर्गत बर्दिवास-बुटवल खण्डको डिपिआर सुरु हुँदै
पूर्व-पश्चिम रेलमार्ग अन्तर्गत बर्दिवास-बुटवल खण्डको डिपिआर सुरु हुँदै

काठमाडौं । पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा बर्दिवास–बुटवल खण्डको छिट्टै नै विस्तृत परियोजना प्रतिवेदनको काम अघि बढाउने भएको छ ।  यस रेलमार्गमा पर्ने बर्द..

अब पुनर्निर्माणको काम अगाडि बढाउछु:  गृहमन्त्री
अब पुनर्निर्माणको काम अगाडि बढाउछु:  गृहमन्त्री

काठमाडौं । बाढी तथा डुवानले प्रदेश २ मा पुर्‍याएको क्षति हेर्न गृहमन्त्री बादलसहितको टोली बुधबार बिहान नेपाली सेनाको हेलिकोप्टरमा रौतहट पुगेका छन्।  गृहमन्त्री थाप..